काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको समितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
मंगलबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । केन्द्रीय समिति बैठकको निर्णयबमोजिम समितिलाई पहिलो बैठकबाट विस्तार गर्ने तयारी गरिएको छ ।
समितिको पहिलो बैठकमा सात प्रदेशका सभपातिहरूसँग छलफल हुने भएको छ । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले तल्ला तहमा तालमेल कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताए ।
“तालमेलको निर्णय केन्द्रीय बैठकले गर्यो । कसरी अघि बढ्ने भन्ने विषयमा आज छलफल गर्छौँ,” उनले भने ।