site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चैत मसान्तभित्रै काठमाडौंमा मेलम्चीको पानी आउनेमा शंका
Sarbottam CementSarbottam Cement

काठमाडौं । तोकेकै समयमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याइपुर्‍याउने उद्धेश्य अनुसार सरकारले पुनःनिर्माणको काम जारी राखेको छ । मेलम्ची खानेपानी आयोजना अन्तर्गत हाल अम्बाथानस्थित मुख्य हेडबक्सका गेटहरु खोल्ने काम भइरहेको छ । तर, सरकारले भनेको समय चैत मसान्तभित्र काठमाडौंमा पानी ल्याइपुर्‍याउनेमा शंका छ । 

हेडबक्स र सुरुङमा पूर्वानूमानभन्दा धेरै लेदोजम्मा भएको र संरचनाको अवस्था पनि फरक भएकाले समयमै पानी आउनेमा शंका उत्पन्न भएको हो । तोकिएको समयमा पानी ल्याउनेगरी तयारी भइरहे पनि सरकारले अनुमान गरेभन्दा संरचनाको काम धेरै देखिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अनुमान गरेभन्दा फरक प्रकृतिको काम देखिएको बताए । ‘‘अस्थायी रुपमा काठमाडौंमा पानी पुर्‍याउनेगरी रातदिन काम गरिरहेका छौँ । तर, हेडबक्स र सुरुङमा अनुमान गरेभन्दा धेरै लेदो भएको पाइयो,” उनले भने । अझै केही संरचना पूर्णरूपमा क्षति भएको वा नभएको भन्नेबारे हेर्न बाँकी रहेकाले पानी पु¥याउने मिति भन्न नसकिने समितिले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘सरकारले तोकेको मितिमा पानी पुर्‍याउन प्रयासरत छौँ । नयाँ निर्माण भएको भए यति समय लाग्छ भनेर भन्न सकिन्थ्यो । जति भित्र–भित्र खोतल्दै जान्छौँ त्यति नै अर्कै प्रकृतिको काम देखिँदै आएको छ,” कुँवरले भने ।
 
समितिले अम्बाथानस्थित मुख्य हेडबक्सका गेटहरु खोल्नेलगायत काम भइरहेको जनाएको छ । गेटहरूमा पनि अनुमान गरेभन्दा धेरै क्षति पुगेको पाइएको समितिको भनाइ छ ।

उनले भने, ‘‘हामीसँग लगभग १५–१६ दिन बाँकी छ । केही न केही उपाय निकाल्छौँ । अस्थायी रुपमा भए पनि चैत मसान्तसम्म काठमाडौंमा पानी पुर्‍याउने हाम्रो योजना छ ।”

Global Ime bank

समितिका अनुसार अहिलेसम्म धेरै संरचनाहरु पुनःनिर्माण भइसकेका छन् । अब सुरुङको १७ र २१ नम्बर गेट खोल्न बाँकी छ । सुरुमा १७ नम्बरको गेटभित्रको लेदो निकालिने कुँवरले बताए । कुँवरका अनुसार दुई गेट खोल्ने काम सकिएपछि सुरुङका सबै गेटहरु खोल्ने र बन्द गर्ने काम सुरु हुनेछ । यसले सुरुङभित्रको लेदो हट्नेछ । ‘‘गेट खोल्न र बन्द गर्न दुईतीन दिन लाग्छ । बिग्रिएका गेटहरु बनाउनुपर्ने देखियो भने थप केही समय लाग्छ । अहिलेसम्म १, ९, १८, ३८ नम्बर गेट खोलिसकिएको छ,” उनले भने । 

समितिले पुराना नबिग्रिएका संरचनालाई यथावत राखेको छ भने बिग्रेका संरचना मर्मत गरेको छ । गेट खोलेर सुरुङ निरीक्षणको काम गर्न बाँकी छ । 

सबै गेटहरु खोलिसकेपछि सुरुङभित्रको लेदो निकालेर सरसफाइ गरिनेछ । ६० मिटरको डाइभर्सन अन्तर्गतको काममध्ये १२ मिटर मात्रै बाँकी छ । ‘‘गेटहरू खोल्ने, मेकानिकल, लेदो सरसफाइ गर्ने कामहरु बाँकी छन् । यद्यपि, सुरुङ परीक्षण गर्ने बेला भइसकेको छैन । टनेलका संरचनाहरु सफा गर्ने चरणमै छौँ । सफा गरिसकेपछि मात्रै सुरुङ परीक्षण गर्ने हो,” उनले भने, ‘‘केही गेट आज खोल्दैछौँ । टनेलहरू पनि सरसफाइ गर्नुपर्नेछ । गेटहरु खोलेर हावा सर्कुलेशन गर्नुपर्नेछ । त्यसपछि मात्रै अन्य कामहरु गरिनेछ ।” 

खानेपानी मन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने घोषणा गरेका थिए । 

गत असार १ गते र साउन महिनामा गएको बाढीले मेलम्ची खोनपानी आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो । खानेपानी आयोजना पुनःनिर्माणका लागि ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ छुट्याएको थियो । 

अहिलेसम्म खानेपानी आयोजनामा २० अर्ब रुपैयाँ खर्च भइसकेको छ । 

२२ वर्षको प्रतीक्षापछि गत वर्ष चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । तीन महिनापछि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पुर्‍याउँदा पानी वितरण पुनः रोकिएको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement