काठमाडौं । मोरङमा चाँदीको गहना लुटेको आरोपमा चारजना पक्राउ परेका छन् ।
बेलबारी नगरपालिका–४ बेतना सिमसार क्षेत्रमा चाँदीका गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई चाँदीका गहनासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–३ बस्ने २५ वर्षीय सबिन विश्वकर्मा, महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ३४ वर्षीय मनोज ठाकुर, उदयपुर रौतामाई गाउँपालिका–६ बस्ने २४ वर्षीय विशाल विक र सुनसरी इटहरी उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय बादल बिक छन् ।
एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
गत चैत ८ गते बिहान पाथीभरा ज्वेलर्स एन्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबासतर्फ लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट भएको थियो ।