site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
इलामको स्थानीय चुनावमा खनाल भर्सेस नेम्वाङ : लाभ उठाउने तयारीमा कांग्रेस !
SkywellSkywell

इलाम । बहुदल स्थापनापछिका केही वर्ष कांग्रेसको गढ भनेर चिनिएको इलामले पछिल्ला दुई दशक कम्युनिस्ट गढको पहिचान बनाएको छ । २०६४ मा होस् वा २०७४का निर्वाचन इलाममा कम्युनिष्ट पार्टीकै बर्चस्व छ । ०७४ अघि ३ निर्वाचन क्षेत्र हुँदा दुई क्षेत्रमा कब्जा जमाएका झलनाथ खनाल र सुवास नेम्वाङ फरक पार्टीमा हुँदा अहिले एकका लागि अर्को चुनौती बनेर खडा भएका छन् । त्यसैले नेपाली कांग्रेस आगामी स्थानीय चुनावलाई ०४९ सालको हैसियत फर्काउने अवसरका रुपमा उपयोग गर्ने रणनीतिमा लागेको छ । 

२०७४ सालको निर्वाचनबाट इलाममा दुई निर्वाचन क्षेत्र छ । २०७४ को चुनावमा पनि यहाँ वाम शक्तिनै हावी थियो । तत्कालीन वाम शक्ति भनिए पनि नेकपा(एमाले)का पूर्वअध्यक्ष झलनाथ खनालले क्षेत्र नम्बर १ र एमाले नेता सुवासचन्द्र नेम्वाङले क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए । 

त्यसको पाँचवर्ष पश्चात् वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ । १० स्थानीय तह रहेको इलाममा पनि चुनावी सरगर्मी बढेको छ । कुल ८१ वडा रहेको जिल्लामा गाउँ/नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षदेखि सदस्य बन्नेको लस्कर लामै छ । भिन्न भिन्न राजनीतिक दलहरूले चुनावकेन्द्रित गतिविधिलाई बढाएका छन् ।

Dabur Nepal
NIC Asia

फर्केर हेर्दा २०७४ को चुनाव 
 

इलाम नगरपालिकाको निर्वाचन परिणाम : नेम्वाङको वडामा कांग्रेसको जित 

अघिल्लो स्थानीय चुनावमा नेकपा(एमाले) एकढिक्का भएर चुनाव लडेको थियो । इलाम नगरपालिका पनि प्रमुख उप्रमुख दुवै जितेको थियो । प्रमुखतर्फ महेश बस्नेत विजयी भएका थिए । यस्तै उपप्रमुखमा सुशीला नेम्वाङ्ग विजय हुन सफल भएकी थिइन् । १२ वटा वडा रहेको नगरमा एमालेले ७ र कांग्रेसले ५ वडा जितेको थियो । माओवादी केन्द्रले भने कहिँकतै जित्न सकेन । 

इलाम नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेकै तर्फबाट वडा अध्यक्षमा अम्बिका गौतमसहित सिङ्गो वडा नै एमालेले जितेको थियो । यो वडा तत्कालीन एमाले नेता तथा हालका नेकपा(एकिकृत समाजवादी) का नेता झलनाथ खनालको वडा हो ।

वडा नम्बर २ पनि एमालेका उमेदवार नारदप्रसाद लम्सालसहित सिङ्गो वडा समितिनै एमालेले जितेको थियो । 

इलाम नगरपालिकाको वडा नम्बर ३ भने कांग्रेसका उमेदवार तिर्थराज गुरूङसहित वडा सदस्यहरू कांग्रेसले जितेको थियो ।

वडा नम्बर ४ मा नूतनदेव दुलाल वडा अध्यक्ष र वडा सदस्यहरू पनि कांग्रेसले जितेको थियो । 

वडा नम्बर पाँचमा एमालेका ठाकुरनारायण श्रेष्ठ अध्यक्ष र सदस्यमा सिङ्गो एमाले विजयी भएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा इलाम नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा माधवप्रसाद भट्टराईसहित अन्य सदस्यहरू पनि एमालेले जितेको थियो । 

यता, वडा नम्बर ७ मा भने कांग्रेसबाट नरेश श्रेष्ठले जित्दा २ वडा सदस्य भने एमालेले जितेको थियो । यो वडा एमाले उपाध्यक्ष सुवास नेम्वाङको गृह वडा हो । 

वडा नम्बर ८ मा भने कांग्रेसका होमबहादुर बस्नेत र वडा नम्बर ९ मा एमालेका श्यामकृष्ण घिमिरे, १० मा एमालेका धर्ममणी गौतम तथा ११ मा एमालेकै दिनेशकुमार फागो वडा अध्यक्ष विजयी भएका थिए । नगरपालिकाको १२ नम्बर वडामा कांग्रेसका लाखमान लिम्बु विजयी भएका थिए । 

चुलाचुली गाउँपालिकामा एमालेनै हावी 

२०७४ को चुनावमा जिल्लाको चुलाचुली गाउँपालिकामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो । ६ वटा वडा रहेको गाउँपालिकामा ४ वटा वडामा एमाले विजयी भएको थियो । वडा नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र वडा नम्बर ३ मा कांग्रेस विजयी भएको थियो ।

गाउँपालिका अध्यक्षमा प्रदीपचन्द्र राई विजयी भएका थिए । यस्तै उपाध्यक्षमा एमालेबाटै निर्मला दाहाल विजयी भएकी थिइन् । 

गाउँपालिकाको १ नम्बर वडामा भने संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका उमेदवार पूर्ण लावतीसहित अन्य वडा सदस्यहरू पनि मञ्चले जितेको थियो । वडा नम्बर २ मा एमालेका रनबहादुर लिम्बु विजयी भएका थिए । तीन नम्बर वडामा भने कांग्रेसका नरबहादुर लावती वडा अध्यक्ष बन्न सफल भएका थिए । वडा नम्बर ४ मा एमालेका कालिदाश भट्टराई, ५ मा एमालेकै चन्द्रकुमार थापा, ६ मा एमालेका हेमन्त राई वडा अध्यक्ष बन्न सफल भएका थिए । 

देउमाईका वडामा कांग्रेस बलियो, नगरमा एमाले  

देउमाई नगरपालिकामा पनि २०७४ को स्थानीय चुनावमा एमालेको उपस्थिती बलियो देखिन्छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको थियो । ९ वटा वडा रहेको नगरमा ५ वडामा कांग्रेस र ४ वडामा एमाले विजयी भएको थियो । 

नगरपालिका प्रमुखमा एमालेका सूर्यप्रसाद पोख्रेल विजयी भएका थिए । यस्तै उपप्रमुखमा पार्टीबाट पवीमाया राई विजयी भएकी थिइन् । 

नगरको वडा नम्बर १ मा कांग्रेसका माधवकुमार बस्नेतले वडा अध्यक्ष जितेका थिए भने वडा नम्बर २ मा कांग्रेसकै भुवानी राईले वडा अध्यक्ष जितेका थिए । वडा नम्बर ३ मा एमालेका दावा तामाङ विजयी हुँदा वडा नम्बर ४ मा कांग्रेसका राजेन्द्र बास्तोला विजयी भएका थिए । 

यता, वडा नम्बर ५ मा पनि कांग्रेसका दिलिपकुमार कार्की, वडा नम्बर ६ मा एमालेबाट भगिरथ राई विजयी भएका थिए । वडा नम्बर ७ मा कांग्रेसका भक्तबहादुर लिम्बु वडाअध्यक्ष बाहेक वडा सदस्यहरू एमालेले जितेको थियो । वडा नम्बर ८ मा एमालेका चन्द्रबहादुर मगर, वडा नम्बर ९ मा प्रेमसागर बराल विजयी भएका थिए । 

फाकफोकथुम अध्यक्षमा कांग्रेस, उपाध्यक्ष एमाले 

जिल्लाको फाफोकथुमा गाउँपालिकामा भने अध्यक्ष नेपाली कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेले जितेको थियो । कांग्रेसका रामकुमार श्रेष्ठ गाउँपालिका अध्यक्ष विजयी हुँदा उपाध्यक्षमा एमालेकी सरस्वती राई विजयी भएकी थिइन् । 

गाउँपालिकाको वडा नम्बर १ पनि कांग्रेसले जितेको थियो । कांग्रेसका टेकबीर लिम्बु वडा अध्यक्षमा विजयी भएका थिए । वडा नम्बर २ मा पनि कांग्रेसका यामबहादुर पौडेल खत्री विजयी हुँदा वडा ३ मा कांग्रेसकै राजन पौडेल विजयी भएका थिए । वडा नम्बर ४ मा भने एमालेका जीवन मागर विजयी भएका थिए । वडा नम्बर ५ मा एमालेका सिद्धमान आले, ६ मा कांग्रेसका डिकबहादुर थापा, ७ मा एमालेका लोकबहादुर गोदार विजयी भएका थिए ।

माइ नगरपालिकामा कमजोर कांग्रेस  

२०७४ को चुनावमा माइ नगरपालिकाको स्थानीय चुनावमा पनि एमाले हावी भएको देखिन्छ । माइ नगरको प्रमुख उप्रमुख दुबै एमालेले जितेको थियो । 

नगर प्रमुख तर्फ एमेलाका दिपककुमार थेबे विजयी भएका थिए । यस्तै नगरको उपप्रमुखमा एमालेबाटै उमेदवार बनेकी विष्णुमाया रिमाल विजयी भएकी थिइन् । 

नगरको वडा नम्बर १ मा पदमबहादुर फागो लिम्बु विजयी भएका थिए । यस्तै वडा नम्बर २ मा खम्वासिंह लिम्बु विजयी हुँदा वडा नम्बर ३ मा कांग्रेसका गणेशबहादुर कार्की विजयी भएका थिए । 

नगरको वडा नम्बर ४ मा सूर्यप्रसाद दुलाल, ५ मा भम्बीरबहादुर तामाङ, ६ मा एमालेकै मुखराज आङ्देम्बे, ७ मा एमालेकै रामप्रसाद लिम्बु , ८ मा भक्तबहादुर आङ्देम्बे तथा ९ मा एमालेकै लिलाकुमार राई वडा अध्यक्ष बन्न सफल भएका थिए । यता, वडा नम्बर १० मा कांग्रेसका मनबहादुर बस्नेत वडा अध्यक्ष विजयी भएका थिए । 

माइजोगमाई गाउँपालिकामा दुई वडामा मात्र कांग्रेसको उपस्थिति 

यो गाउँपालिकामा पनि नेकपा (एमाले)नै बलियो देखियो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट गाउँपालिका अध्यक्षमा जितबहादुर राई विजयी भए । उनी नेता झलनाथ खनाल निकट मानिन्छन् । यस्तै उपाध्यक्षमा पनि एमालेबाटै सावित्रा भट्टराई विजयी भइन् । 

पालिकाको वडा नम्बर १ मा एमालेबाट प्रतिनिधित्व गरेका यामकुमार कार्की वडा अध्यक्षमा विजयी भए । वडा नम्बर २ मा भने कांग्रेसका डम्बरबहादुर सुवेदी, ३ मा कांग्रेसकै यमप्रसाद लामा विजयी हुँदा ४ नम्बर वडामा एमालेका गणेशकुमार राई विजयी भए । वडा नम्बर ५  मा एमालेका दाताराम संजेल, ६ मा भवानीप्रसाद लिम्बु विजयी भए । 

माइजोगमाई नगरपालिकामा एमालेबाट अध्यक्ष जितेका जितबहादुर राई अहिले एमालेमा छैनन् । पार्टी विभाजन पश्चात् उनी नेकपा(एकिकृत समाजवादी) तर्फ लागेका छन् । यस्तै धेरै वडाका वडा अध्यक्षहरु पनि नेकपा(एस) मा लागेका छन् । 

माङ्सेवुङ गाउँपालिका कमजोर एमाले  

माङ्सेवुङ  गाउँपालिका अध्यक्षमा भने कांग्रेसले जितेको थियो । पाँच वर्ष अघि भएको स्थानीय तह निर्वाचनमा कांग्रेसका डिकेन्द्र इदिङगो एमालेका उमेदवार हेमन्त राईलाई हराउँदै गाउँपालिका अध्यक्ष बन्न सफल भएका थिए ।

उपाध्यक्षमा भने एमालेले वाजी मारेको थियो । एमालेबाट उमेदवार बनेकी सुनिता सुब्बाले संघीय समाजवादी फोरमका विनोदकुमार नेम्वाङलाई पराजित गरेकी थिइन् । यहाँ कांग्रेसले फोरमसँग तालमेल गरेको थियो । 

गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका भत्तराज लिम्बु वडा अध्यक्ष बन्न सफल भएका थिए । यस्तै वडा नम्बर २ मा कांग्रेसकै पुष्पराज कार्की, ३ मा एमालेका मैतराज राई वडामा जितेका थिए । वडा नम्बर ४ मा एमालेका अमृतबहादुर राई, ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई, ६ मा कांग्रेसका प्रदीप साङपाङ विजयी भएका थिए । 

रोङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्षनै कांग्रेसका 

२०७४ सालको निर्वाचनमा कांग्रेसले रोङ गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको थियो । चुनावाट गाउँपालिका अध्यक्षमा शमशेर राई विजयी भएका थिए । राइले एमालेका उमेदवार बृहस्पति खतिवडालाई पराजित गरेका  थिए । 

यस्तै उपाध्यक्षमा कांग्रेसकै चन्द्रकला राई (बुढाथोकी) विजयी भएकी थिइन् । उनले एमालेबाट उमेदवार विष्णुमाया खवास पराजित गरेकी थिइन् । रोङ इलाम निर्वाचन क्षेत्र नम्बर एक मा एमालेको गढ क्षेत्रको रूपमा लिने गरिन्थ्यो । 

यता, वडा नम्बर १ मा एमालेका बुद्धिबहादुर ढकाल अध्यक्षको रूपमा विजयी भएका थिए । वडा नम्बर २ मा भने कांग्रेसका टेकबहादुर तामाङ, वडा नम्बर ३ मा कांग्रेसबाटै मातृका बराल, वडा नम्बर ४ मा कांग्रेसबाटै सूर्य राई, वडा नम्बर ५ मा एमालेका युवराज राई विजयी भएका थिए । वडा नम्बर ६ मा कांग्रेसका मनिकुमार स्याङ्वो विजयी भएका थिए । 

एमालेमय सन्दकपुर 

२०७४ को स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिका एमालेले जित हासिल गरेको थियो । गाउँपालिका अध्यक्षमा एमालेका उदयबहादुर राई र उपाध्यक्षमा एमालेकै शोभा पराजुल विजयी भएकी थिइन् । 

गाउँपालिकाको वडा नम्बर १ मा एमालेका नन्दकुमार राई विजयी भए । यस्तै वडा नम्बर २ मा एमालेका गिरिराज खनाल, ३ मा एमालेका कृष्णप्रसाद पाठक, ४ मा एमालेका ब्रतमान गुरुङ, ५ मा एमालेका जितबहादुर साँवा विजयी भए । यो गाउँपालिका एमालेले क्लिन स्विप गरेको हो । 

सूर्योदयमा उदाएको सूर्य 

जिल्लाको ठूलो नगरपालिका सूर्योदयमा एमालेको चुनाव चिन्ह सूर्य २०७४ को स्थानीय चुनावमा राम्ररी उदायो । यहाँ अधिंकास वडामा सबै एमालेले जित्न सफल भयो । 

सूर्योदय नगरपालिकाको प्रमुखमा रणबहादुर राई विजयी भए । यस्तै उपप्रमुखमा एमालेकै दुर्गादेवी भट्टराई विजयी भइन् । 

१४ वडा रहेको नगरमा वडा नम्बर १ भने कांग्रेसले जित्यो । कांग्रेसका राजकुमार लिम्बु विजयी भए । वडा नम्बर २ मा भने एमालेका चन्द्रकुमार सुब्बा विजयी भए । वडा नम्बर ३ मा एमालेका होम कार्की विजयी हुँदा वडा नम्बर ४ मा भने मधुसुधन लामिछाने विजयी भए । वडा नम्बर ५ मा एमालेका प्रेमबहादुर तामाङ, ६ मा एमालेकै शिवकुमार बस्नेत, ७ मा कांग्रेसका लेखनाथ बस्नेत विजयी भए । वडा नम्बर ८ मा एमालेका सुभाषकुमार राई, ९ मा एमालेका देवेन्द्र आचार्य, १० मा एमालेका पेमा उगेन लामा, ११ मा टेकबहादुर राई, १२ मा एमालेका डोलेन्द्र भारद्वाज, १३ मा कांग्रेसका धनबहादुर राई  तथा १४ मा कांग्रेसकै नरबहादुर सुवेदी वडा अध्यक्षमा विजयी भएका थिए । 

तर, अहिले यहाँ एमाले विभाजन भएपश्चात् नगर प्रमुख रणबहादुर राइ सहित अधिंकास वडा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु नेकपा(एस) तर्फ लागेका छन् । उपप्रमुख भट्टराई र तीन नम्बर वडा अध्यक्ष होम कार्की मात्र एमालेमा छन् । 

कांग्रेसबाट पराजितहरु यी हुन् 

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तत्कालीन जिल्ला सभापति हिमालय कर्मचाय इलाम नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । उनले ९ हजार २६८ मत प्राप्त गर्दा एमालेका महेश बस्नेतले ११ हजार ३३ मत प्राप्त गर्दै नगर प्रमुख बन्न सफल भएका थिए । यता, इलाम नगरपालिकाको उपप्रमुखमा ९ हजार २५४ मत प्राप्त गर्दै कांग्रेसकी उमेद्वार चन्दा केसी(कार्की) पराजित भएकी थिइन् । उपप्रमुखमा विजयी बनेकी शुशीला नेम्वाङ्गले १० हजार ९४६ मत प्राप्त गरेकी थिइन् । 

चुलाचुली गाउँपालिका अध्यक्ष भिडेका राजेन्द्र केरूङ्ग पराजित भएका थिए । उनी एमालेका प्रदीपचन्द्र राईसँग तीन सय बढी मतले पराजित भएका थिए । एमालेबाट अध्यक्षमा विजयी राईले ३ हजार ४९३ मत प्राप्त गर्दा कांग्रेसका केरूङ्गले ३ हजार १४९ मत प्राप्त गरे । उपाध्यक्षमा भने कांग्रेसकी लक्ष्मी मिश्र पराजित भएकी थिइन् । मिश्रले २ हजार ३९५ मत प्राप्त गर्दा एमालेकी उमेदवार निर्मला दाहालले ३ हजार ३६४ मत ल्याउँदै गाउँपालिका उपाध्यक्ष जितेकी थिइन् । 

देउमाई नगरपालिकामा प्रमुख कांग्रेसबाट नगरप्रमुख लडेका नेता होम दुलाल पराजित भएका थिए । उनले ६ हजा ६४५ मत ल्याउँदै दोस्रो स्थान हासिल गर्दा नगर प्रमुख बनेका सूर्यप्रसाद पोख्रेलले ७ हजार ३४७ मत प्राप्त गरेका थिए । यता, कांग्रेसबाट उपप्रमुखमा पराजित सूर्यमाया राईले ६ हजार ३९० मत प्राप्त गर्दा एमालेकी पवीमाया राईले ७ हजार ३८७ मत ल्याउँदै उपप्रमुख विजयी भएकी हुन् ।

नगरप्रमुख पदमा लडेका कांग्रेसका हेमकुमार कार्की (विष्णु) एमालेका दिपकुमार थेवेसँग पराजित भएका थिए । थेवेले ६ हजार ४८ मत प्राप्त गर्दा कार्कीले ४ हजार ५२६ मत मात्र प्राप्त गर्न सके । उपप्रमुखमा पनि कांग्रेसकी चन्द्रमाया लिम्बु ४ हजार ६८३ मतमात्र प्राप्त गर्न सकेकी थिइन । एमालेबाट उमेदवार भएर विजयी भएकी विष्णुमाया रिमालले ५ हजार ८९६ मत प्राप्त गरिन् ।

माइजोगमाई गाउँपालिकामा पनि कांग्रेसले २ वडा बाहेक अरुमा विजयी हासिल गर्न सकेन । पार्टीबाट गाउँपालिका अध्यक्ष लडेका पेम्वाछिरिङ शेर्पा जितबहादुर राईसँग पराजित भएका हुन् । शेर्पाले ३ हजार ९३६ मत प्राप्त गर्दा राईले ५  हजार ६९६ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा कांग्रेसबाट लोकमाथा थेवे पराजित भएकी थिइन् । उनले ३ हजार ९४२ मतमात्र प्राप्त गरिन् । एमालेबाट उमेदवार बनेकी सावित्रा भट्टराईले ५ हजार २९५ मत प्राप्त गरिन् । 

सन्दकपुर गाउँपालिका २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेमय भएको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो । कांग्रेसले अध्यक्ष पदका लागि देवेन्द्रकुमार सुवेदीलाई उमेदवार बनाएको थियो । सुवेदीले २ हजार ३५४ मत मात्र प्राप्त गर्न सके । यता, अध्यक्षमा विजयी उदयबहादुर राईले ४ हजार ५२९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । यस्तै उपाध्यक्षमा कांग्रेसकी सविता गुरुङले २ हजार १७२ मत मात्र प्राप्त गर्न सकिन् । विजयी शोभा पराजुलीले ३ हजार ९३० मत प्राप्त गर्दै विजयी भइन् । 

सूर्योदय नगरपालिकामा कांग्रेसबाट प्रमुख लडेका प्रेमलाल राईले १० हजार ३२९ मत प्राप्त गरे । यस्तै उपप्रमुखमा निर्वाचन लडेकी खगेश्वरी पौडेलले ९ हजार ९२७ मत प्राप्त गरे । तर, प्रमुखमा विजयी रनबहादुर राईले १२ हजार ९२७ मत प्राप्त गर्दा उपप्रमुखमा विजयी दुर्गादेवी भट्टराईले १२ हजार ८९० मत प्राप्त गरिन् । 

माओवादी शून्य

२०७४ सालको निर्वाचनमा प्रमुख दल नेकपा(माओवादी केन्द्र) भने इलाम नगरपालिकामा निल लागेको थियो । माओवादी केन्द्रले १० वटै स्थानीय तह र सबै वडामा उमेदवारी दर्ता गरे पनि कहिँ कतै जित हासिल गर्न सकेन । बरू एक वडामा संघीय लोकतान्त्रिक दल, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय समाजवादी फोरमले एक एक स्थानमा विजयी हासिल गर्न सफल भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro