देश
काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमिति ७५ सदस्यीय बनेको छ । महाधिवेशनबाट शोभा गौतम वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन् ।
महासचिवमा श्याम ओली, सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे र सहकोषाध्यक्षमा छिरिङ डोमा शेर्पा निर्वाचित भएका जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १२:३८
प्रतिक्रिया दिनुहोस्