site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डाँडा काट्नुको विकल्प छैन, ६०० रुख काट्नुपर्ने’ 
SkywellSkywell

काठमाडौं । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको अप्रोचमा पर्ने रिठेपानी डाँडामा ६०० रुख काट्नुपर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा उडान तथा अवतरणमा अवरोध गर्ने रिठेपानी डाँडा कटानका लागि गरेको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा ६०० रुख काट्नुको विकल्प नभएको जनाइएको हो ।

६०० रुखमध्ये ८६ वटा रुख र ५१४ वटा पोल आकारका रुख छन् ।

KFC Island Ad
NIC Asia

यो विमानस्थल सन् २०२२ को जुलाई १० मा निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । २०२१ को जुलाई १० मै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोरोना महामारीका कारण काम प्रभावित भएको आयोजनाले जनाएको छ ।

राय–सुझावका लागि भन्दै वन तथा वातारण मन्त्रालयले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । सात दिनमा राय–सुझाव दिन मन्त्रालयले भनेको छ ।

Royal Enfield Island Ad


निर्माणाधीन विमानस्थलको पूर्वी सीमाबाट करिब १.३५ किमिको दूरीमा रहेको रिठेपानी डाँडाका कारण विमान उडान तथा अवतरणमा अवरोध पर्ने देखिएकाले उक्त डाँडाको २.१७६ हेक्टर वनलाई अवश्यकताअनुसार १२ मिटरदेखि ४० मिटरसम्म कटान गर्नुपर्ने र डाँडा कटानसँगै यस क्षेत्रमा रहेका ६०० तथा पोल आकारका रुख हटाइनुपर्ने प्रतिवेदनमा भनिएको छ ।

यस कार्यका लागि एक करोड ५३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले ०७४ साल असारदेखि विमानस्थल निर्माणको काम गरेको हो । पटक–पटक समय थप गरी निर्माण सम्पन्न गर्ने लक्ष्य २०२२ जुलाई १० तोकिएको हो ।

करिब ३९ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको लागत करिब २२ अर्ब रुपैयाँ छ ।

आयोजनाका प्रमुख इन्जिनियर विनेश मुनकर्मीका अनुसार विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिन्छ । यसमध्ये तीन अन्तर्राष्ट्रिय, चार एटीआर प्रकारका जहाज र चार ट्वीनअटर जहाज पार्किङ गर्न सकिने उनले बताए ।

“अन्तर्राष्ट्रियतर्फ पनि ‘सी’ प्रकारका विमान एक र ‘डी’ प्रकारका दुईवटा विमान पार्किङ गर्न सकिन्छ,” उनले भने ।

आन्तरिकतर्फ दैनिक ४८ उडान र अवतरण एवं अन्तर्राष्ट्रियतर्फ ६ उडान एवं अवतरण हुनेछ । पिक आवरमा आठवटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने उनले बताए ।

विमानस्थलबाट वार्षिक आठ लाख यात्रुलाई सेवा दिइने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro