site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
होलीमा उपत्यकामा बिहानैदेखि मापसे चेकिङ, १३ सय ट्राफिक प्रहरी परिचालन
SkywellSkywell

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

Dabur Nepal
NIC Asia

होलीको पूर्वसन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका एसएसपी उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन् ।

बिहानैदेखि डीसपीको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाको योजना छ ।

अवाञ्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजनाभन्दा बढी सवार भई चलाउने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ, लोला हान्ने र अभद्र व्यवहार गर्नेमाथि प्रहरीले निगरानी राख्नेछ ।

यसबाहेक ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, सवारीचालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गरिने एसएसपी जोशीले बताए ।

उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ । बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro