site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन असारमा हुने 

काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन आगामी असार ५ र ६ गते हुने भएको छ । 

संघको मंगलबार बसेको बैठकले ७७ जिल्लाकै वडाहरूमा अधिवेशन र पालिका अधिवेशन चैत मसान्तसम्म गर्ने निर्णय गरेको छ । यस्तै जेठ १४ भित्र जिल्ला अधिवेशन, जेठ २१ भित्र प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । असार ५ र ६ गते काठमाडौंमा राष्ट्रिय अधिवेशन हुने तय भएको छ । 

बैठकपछि संघका अध्यक्ष ओमबहादुर घर्ति मगरले जारी गरेको विज्ञप्तीमा प्रदेश अधिवेशनका लागि खटिने प्रतिनिधिको नाम पनि उल्लेख गरिएको छ । प्रदेश १ मा श्रीप्रसाद भलामी मगर, मधेस प्रदेशमा इच्छु राना मगर लाई खटाइएको छ ।

यस्तै वाग्मती प्रदेशमा कुसुमदेवि थापा मगर, गण्डकी प्रदेशमा दिनेश थापा मगर,लुम्बिनी प्रदेशमा कृष्ण थापा मगर, कर्णाली प्रदेशमा उमा थापा मगर र सुदूरपश्चिम प्रदेशमा जितराज राना मगरलाई खटाइएको छ । 

यस्तै महाधिवेशन मुल व्यवस्थापन समिति सभापति ओमबहादुर घर्तीमगरको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, सातै प्रदेशका सभापतिहरू, केन्द्रीय विभागका सदस्यहरू र काठमाडौ उपत्यकाका ३ जिल्लाका सभापतिहरू रहेको १५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro