अर्थ व्यवसाय
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले 'मेड इन नेपाल' अभियान सकिएको जनाएको छ । स्टोर गत माघ १ गतेदेखि 'मेड इन नेपाल' अभियान सञ्चालन गरेको थियो ।
कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी नेपाली उत्पादनलाई सबैसामु परिचित गराउने अभियान औपचारिक रूपमा सोमबार सकिएको जनाएको हो ।
यस अभियान समापन भएपनि नेपाली उत्पादनप्रतिको प्राथमिकता उत्तिकै रहने कम्पनीले जनाएको छ ।
दुई महिनाको अवधिमा नेपाली उत्पादनलाई आम जनमानसमा परिचित गराउन र प्रयोग गर्न प्रेरित गर्नेका लागि विशेष छुट दिने, स्याम्पलहरू निःशुल्क वितरण जस्ता क्रियाकलाप गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८ १९:०७
प्रतिक्रिया दिनुहोस्