राजनीति
काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बित भएको छ ।
बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले आजकोे प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराएका हुन् ।
मुगुका सांसद बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् । गएको सोमबार बानियाँलाई नेपालगन्जस्थित राँझा एयरपोर्टबाट प्रहरी टोलीले पक्राउ गरेको थियो ।
नेपालगन्जस्थित अप्सरा होटेलमा जबर्जस्ती करणी गरेको भन्दै जुम्लाकी एक शिक्षिकाले गएको माघ २७ गते बानियाँविरुद्ध उजुरी दिएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८ १४:१६
प्रतिक्रिया दिनुहोस्