site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुटिन भन्छन्– रुसमाथिको प्रतिबन्ध युद्ध घोषणा गरे बराबर

काठमाडौं । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमणपश्चात् पश्चिमी मुलुकहरूले आफ्नो देशमाथि जारी गरेका प्रतिबन्ध युद्धको घोषणा गरे बराबर भएको बताएका छन् । 

“तर, धन्न भगवान् ! अहिलेसम्म त्यो स्थिति आइसकेको छैन,” उनले भने ।

साथै, पुटिनले युक्रेनलाई उडानरहित क्षेत्र घोषणा गर्ने प्रयाससम्बन्धी कडा चेतावनी दिएका छन् । युरोपले त्यसो गरेमा यसको अर्थ युद्धमा सहभागिता जनाएसमान हुने उनले बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी, उनले रुसमा आपत्कालीन स्थिति या ‘मार्सल कानुन’ लागु गर्ने चर्चालाई अस्वीकार गरेका छन् । राजधानी मस्कोनजिक एरोफ्लोट प्रशिक्षणको कार्यक्रममा महिला ‘फ्लाइट अटेन्डेन्ट’हरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

रुसले १० दिनअघि युक्रेनमाथि हमला सुरु गरेदेखि विश्वका थुप्रै मुलुकले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएका छन् ।

यही क्रममा पुटिनलगायत रुसका धनाढ्य र अरू नेताको विदेशी सम्पति समेत जफत गरिएको छ । रुसी बैंंकलाई स्वीफ्ट अन्तर्राष्ट्रिय प्रणालीबाट निकालिएको छ । दर्जनौँ ब्रान्डेड कम्पनीले रुससँगको सबै कारोबारमा रोक लगाएका छन् ।

यिनै कारणले रुसी मुद्रा रुबलको भाउमा ठूलो गिरावट देखिएको छ । जसका कारण रुसको केन्द्रीय बैंकले दुई गुणाले ब्याजदर बढाउनुपरेको छ । 

पुटिनले अझै युक्रेन हमलाका लागि सुरुवाती स्पष्टीकरण दोहोर्‍याउँदै आफूले केवल रुसी भाषा बोल्ने समुदायलाई बचाउन यो विशेष सैन्य अपरेसन लागु गरेको बताएका छन् । 

त्यस्तै, रुसी सेनाले अपेक्षा गरेभन्दा कमजोर प्रस्तुति देखाएको रिपोर्टबारे उनले भनेका छन्, “हाम्रो आर्मीले सबै काम सम्पन्न गर्नेछन् । यसमा मलाई कुनै पनि शंका छैन । सबै योजनाअनुरूप नै भइरहेको छ ।”

सो आक्रमणमा केबल प्रोफेसनल सेनाले मात्र सहभागिता जनाइरहेको पनि उनले दाबी गरेका छन् । तर, पछिल्लो समय भिडियो प्रमाणहरूमा सैनिकहरू पक्राउ परेको देखिएको थियो ।

युद्ध जारी रहेकै अवस्थामा पुटिनले शनिबार मात्र इजरायलका प्रधानमन्त्री नफ्तेली बेनेटसँग तीन घण्टा लामो छलफल गरेका छन् । यसलगत्तै उनी बेनेट जर्मनका चान्स्लरलाई भेट्न बर्लिनका लागि उडेका थिए । 

इजरायल अमेरिकाको नजिकको मित्रराष्ट्र भए पनि बेनेटले रुससँगको सम्बन्ध बचाउने अधिक प्रयास गरिरहेको पाइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro