site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिडियाखानाका बाघलाई दैनिक २५ किलोसम्म राँगाको मासु (भिडियोसहित)

काठमाडौं । ललितपुरस्थित चिडियाखानामा रहेका बाघलाई दैनिक २५ किलोसम्म राँगाको मासु खुवाउने गरिएको पाइएको छ ।

चिडियाखानामा रहेका सबै जनावरलाई आवश्यक पर्ने माछा, मासु, फलफुल दैनिक खरिद गर्ने गरिएको छ ।

चिडियाखानाभित्र रहेको पेलिकन चरा भने खाना खाने समय भएपछि आफैँ किचनमा गएर खाने गर्दछ । बाघलाई दैनिक २५ किलोसम्म राँगाको मासु उपलब्ध गराइन्छ भने रेड पान्डालाई फलफुल र अण्डासहित चराचुरुङ्गीहरुलाई मकै, सानो केराऊ, गहुँ, चामल, सोयाबिनको व्यवस्था गरिन्छ ।

सर्प, घोडियाल, कछुवालगायतका लामो समय सुत्छन् भने लकडाउनका बेला समस्या भएको कर्मचारी गणेश कोइराला बताउँछन् ।

सुनिल प्रधान, देवेश मानन्धर र सचिन श्रेष्ठले बिहीबार चिडियाखाना पुगेर तयार पारेको तस्बिर र भिडियो :

 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro