site stats
बाह्रखरी :: Baahrakhari
खेल
पेड्रोलाई भित्र्याउन ६० मिलियन पाउन्डमा सहमति

काठमाडौं । इंग्लिस क्लब चेल्सी र ब्राइटनबीच फरवार्ड जाओ पेड्रोको अनुबन्धलाई लिएर सहमति जुटेको छ । चेल्सीले पेड्रोलाई भित्र्याउन ६० मिलियन पाउन्डमा सहमति गरेको हो ।

सहमतिअनुसार, चेल्सी र पेड्रोबीच सात वर्षको सम्झौता हुनेछ । फरवार्ड पेड्रो ब्राजिलबाट स्वास्थ्य परीक्षणका निम्ति अमेरिका उड्दै छन् । स्वास्थ्य परीक्षण सफल भए पेड्रोले आगामी शुक्रबार चेल्सीबाट अन्तिम–८ मा पल्मेरससँगको खेलमा डेब्यू गर्नेछन् । नेपाली समयअनुसार खेल आगामी शनिबार (जुन ५) मा अमेरिकाको फिलाडेल्फियास्थित लिंकल्न फाइनान्सियल फिल्ड रंगशालामा हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्राइटनले पेड्रोलाई टोलीमा भित्र्याउन चेल्सीअघि न्युक्यासलसहित अन्य दुई प्रिमियर लिग क्लबबाट प्रस्ताव आए पनि अस्वीकार गरेको थियो । 

उनी सन् २०२३ मा इंग्लिस क्लब वाट्फोर्डबाट ब्राइटन आएका थिए । उनले ब्राइटनमा रहँदा ७० खेल खेल्दा कुल ३० गोल र १० एसिस्ट गरेका थिए ।  

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्