देश
काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
रुसी आक्रमणको विरोधमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो ।
सोमबार काठमाडौंको बौद्धनाथ अगाडि भएको प्रदर्शनमा उनीहरूले हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनबत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ २१:४०
प्रतिक्रिया दिनुहोस्