देश
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौंमा ४०, भक्तपुरमा ४ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् ।
आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६२८ पुगेको छ ।
आज देशभर ८ हजार २१ जना होम आइसोलेसनमा, २१४ जना संस्थागत आइसोलेसनमा, ८० जना आईसीयू तथा ६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १७:२८
प्रतिक्रिया दिनुहोस्