काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भएको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा एमसीसी परियोजनामा सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी अमेरिकी स्वार्थको बजेट भएको बताए । उनले आर्थिक वृद्धि र गरिबी अन्त्य झुटो भएको भन्दै एमसीसी हिन्द प्रशान्त रणनीति (आईपीएस) भएको बताए ।
उनले एमसीसीमा व्याख्यात्मक घोषणा आवश्यक नभएको पनि बताए ।
“आर्थिक वृद्धि र गरिबी अन्त्य झुटा हो । एमसीसीको १० लाख डलर प्रचारमा छुट्याइएको छ । त्यसकारण पनि व्याख्यात्मक घोषणा आवश्यक छैन,” उनले भने,“यमराजसँग डारउनेहरू न प्रजातन्त्रवादी हुन्छन् न कम्युनिस्ट हुन्छन् ।”