site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामसङको नयाँ थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर बजारमा
SkywellSkywell

काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स एवं रेफ्रिजेरेटर ब्रान्ड सामसङले कम्प्याक्ट मोडर्न किचनका लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल बजारमा ल्याएको छ । सामसङले नेपालका ग्राहकहरूबाट माग हुँदै आएकाले ठूला रेफ्रिजेरेटरहरूको आपूर्ति गर्दै आएको छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकहरूलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा ल्याएको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको जनाइएको छ । यो स्टाइलिस स्टेनलेस स्टील फिनिस भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित ५७९ लिटरमा उपलब्ध छ ।

५७९ लिटरको फ्रेन्च डोर रेफ्रिजेरेटरको बजार मूल्य तीन लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरहरू सामसङ प्लाजा साथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जालमार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको र ५० प्रतिशतसम्म विद्युत् खपत कम गर्ने डिजिटल इन्भर्टर रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu