देश
गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ ।
इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडकमाथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए ।
पहिरोमा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८ १५:३१
प्रतिक्रिया दिनुहोस्