राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
कोभिड लगायतका विभिन्न कारणले स्थगित हुँदै आएको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको ढकालले बताए ।
माओवादीले अधयक्षबाहेकका पदाधिकारी चयन गर्न सकेको छैन । त्यस्तै स्थायी कमिटी, पोलिटब्युरो गठन गर्न पनि बाँकी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८ १५:१४
प्रतिक्रिया दिनुहोस्