site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विज्ञ भन्छन्– अब कोरोना संक्रमण उकालो लाग्दैन, यी हुन् आधारहरू 
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपालमा पछिल्लो दुई सातायता कोभिड–१९ संक्रमणदर घट्दो क्रममा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार औसत संक्रमणदर ११ प्रतिशतमा झरेको छ । ओमिक्रोन भेरियन्टका कारण माघको पहिलो सातादेखि उच्च भएको संक्रमण अहिले घट्दै जानुले नेपालमा तेस्रो लहर अन्त्य हुने चरणमा पुगेको संकेत देखिएको छ ।

अहिलेको अवस्थालाई हेर्दा संक्रमण फेरि उकालो लाग्ने र उच्च विन्दुमा पुग्ने सम्भावना नरहेको विज्ञहरूको आकलन छ । त्यस्तै, मृत्यु हुनेको संख्या पनि क्रमशः ओरालो लाग्दै जाने विशेषज्ञहरूको दाबी छ । के हुन त अब संक्रमण उच्च नहुने आधारहरू ?

Dabur Nepal
NIC Asia

अधिकांश नागरिक संक्रमित भइसक्नु
कोभिड–१९ संक्रमणको तेस्रो लहर उच्च भएको समयमा गएको माघ ६ गते एकैदिन १२ हजार ३३८ संक्रमित थपिएका थिए । २७ हजार ४९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको थियो ।

माघमा लक्षण देखिएका सबै व्यक्ति परीक्षणको दायरामा आएनन् । सो समयमा यदि समुदायस्तरमा परीक्षण गरिएको भए दैनिक एक लाखसम्म संक्रमित पहिचान हुन सक्ने इपिडिमियोलोजिस्ट डा. विराज कर्माचार्य बताउँछन् ।

टेस्ट पोजिटिभिटी दरका आधारमा समुदायमा ठूलो संख्यामा संक्रमित भइसकेको आकलन गर्न सकिने वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको दाबी छ । समुदायस्तरमा ठूलो संख्यामा संक्रमण भइसकेपछिको अवस्थामा अब संक्रमण उच्च नहुने उनको भनाइ छ ।

“यही लहरमा र यही भेरियन्टका कारण संक्रमण बढेर जाने देखिँदैन, अन्य कुनै भेरियन्ट भित्रिएमा जोखिम कायम नै छ,” उनले भने ।

बीए.२ भेरियन्ट समुदायस्तरमा फैलिइसक्नु 
कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोनको सबभेरियन्ट जसलाई बीए.२ को नाम दिइएको थियो, यो विश्वभर अहिलेसम्मकै संक्रामक भेरियन्टका रूपमा फैलिएको थियो । नेपालमा गरिएका जिन सिक्वेन्सिङका आधारमा बीए.२ भेरियन्ट समुदायस्तरमा नै फैलिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

यस आधारमा हालसम्मको सबैभन्दा संक्रामक भेरियन्टको संक्रमण मत्थर हुँदै गएकाले पनि यही लहरमा अब संक्रमण उच्च नहुने  डा. पुनको भनाइ छ ।

नयाँ भेरियन्ट नदेखिनु
संक्रमणका विभिन्न लहरहरू आउनु भनेको भाइसरको उत्परिवर्तित म्युटेन्ट रूपले संक्रमण फैलाउनु हो । नेपालले पार गरेको संक्रमणका तीन लहरमा अल्फा, डेल्टा र ओमिक्रोन भेरियन्टले संक्रमण फैलाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

यी भेरियन्टमध्ये डेल्टा र ओमिक्रोन भारतबाट नेपाल भित्रिएका थिए र भारतकै दरमा नेपालमा पनि संक्रमण घटबढ भएको थियो । तर, पछिल्लो समय भारतमा पनि ओमिक्रोन संक्रमण घटेर जानु र नेपालसँग प्रत्यक्ष आउजाउ गर्ने मुलुकहरूमा पनि नयाँ भेरियन्ट नदेखिनुले अहिलेलाई संक्रमण बढ्ने सम्भावना नरहेको मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राको भनाइ छ ।

अब केही दिन बढ्नसक्छ तर उच्च हुँदैन 
कोभिड–१९ को संक्रमण मत्थर भएसँगै सरकारले शैक्षिक संस्था, सिनेमा हललगायत सार्वजनिकस्थहरू खुला गरिसकेको छ । एक महिनाको ‘स्मार्ट लकडाउन’पछि सबैतिर खुला गरिएकाले अबका केही दिन संक्रमण बढ्न सक्ने अनुमान गर्छन्, संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला ।

“आवतजावत बढेका कारण केही दिन संक्रमित थपिन सक्छन् । तर, उच्च भने हुँदैन । साथै, अब मृत्यु हुनेको संख्या पनि घटेर जान्छ । किनकि, संक्रमण उच्च भएको १५ दिन पूरा हुँदै छ । अस्पताल भर्ना हुनेको संख्या पनि घट्दो छ,” डा. कोइराला भन्छन् ।

जोखिम कायमै
नेपालमा कोभिड–१९ संक्रमण घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रण हुन अझै केही साता लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म पनि दैनिक थपिने संक्रमितको संख्या ६०० को हाराहारीमा छ भने २२ हजार ५८४ जना सक्रिय संक्रमित छन् । यस अर्थमा कोभिड–१९ संक्रमणको जोखिम अझै कायम रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न र सजग रहन मन्त्रालयले पटक–पटक अनुरोध गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu