राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको छ ।
आइतबार सत्ता गठबन्धनका तर्फबाट संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराइएको नेकपा (माओवादी केन्द्र)का सचेतक देव गुरुङले बाह्रखरीलाई जानकारी दिए ।
प्रस्ताव दर्ता गराउन सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद गगन थापा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठलगायत नेताहरू संसद् सचिवालय पुगेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले हस्ताक्षर गरी महाअभियोग प्रस्ताव दर्ता गराइएको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८ ११:४१
प्रतिक्रिया दिनुहोस्