site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेश प्रदेशमा विषयगत समिति सत्तापक्षको 'कब्जा'मा
फाइल तस्बिर ।

जनकपुरधाम । मधेश प्रदेशमा ६ वटा विषयगत समिति सत्तापक्षकै दलहरूले 'कब्जा' गरेका छन् । प्रदेशसभा सचिवालय अन्तर्गतका सातवटा विषयगत समितिमध्ये ६ वटाको नेतृत्व सत्तापक्षकै सांसदहरूले गर्ने भएका छन् ।

मंगलबार भएको रिक्त दुई सभापति पदको निर्वाचनमा सत्तापक्षकै सांसदहरू बहुमतले चयन भएका छन् ।

आज सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का सांसद मदनसेन श्रीवास्तव निर्वाचित भए । यसअघि सोमबार पनि प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा सत्तारूढ माओवादी केन्द्रका जगतप्रसाद यादव र्निविरोध चयन भएका थिए ।

सोमबार रिक्त दुई पदका लागि लोसपा र एमालेले गठबन्धन गरी सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदमा दर्ता गराएका थिए । तर, आज समितमा उनीहरू प्रस्ताव खारेज भएको बताइएको छ । बहुमतले पहिलो प्रस्ताव पास भएपछि स्वतः अन्य प्रस्ताव खारेज भएको हो ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि तीनवटा विषयगत समिति सुरुदेखि सम्हाल्दै आएका छन् भने मात्र एक समितिमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी (लोसपा)को भागमा छ । महिला, बालबालिका समितिमा लोसपाका जयनुल राइनले नेतृत्व गरिरहेका छन् ।

जसपाले अर्थ तथा योजना समितिमा मनिष सुमन, विकास समितिमा शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा अशोक यादवलाई चयन गरिसकेको छ ।

सार्वजनिक लेखा समिति लोसपाबाट प्रह्लाद गिरीले मनोनयन दर्ता गराएका थिए । उनको प्रस्ताव समितिमा खारेज भएपछि लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले सत्तापक्षले समितिमा पनि अंशवण्डा गरेको भन्दै आपत्ति जनाए ।

सत्तारूढ दलहरूले लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गरेको उनको बुझाइ छ ।

"सत्तासाझेदार दलले इतिहासमै नभएको कुरा गरका छन्," उनले भने, "संसारमा सार्वजनिक लेखा समितिलाई प्रमुख प्रतिपक्षीलाई दिने चलन छ । तर, यहाँ सरकारले गरेको भ्रष्टाचार लुकाउन उक्त समितिमा पनि सरकारले आफ्नै सभापति बनाएका छन् ।"

लोकतान्त्रिक अभ्यास, मान्यता र विधि प्रक्रियालाई मिच्दै सत्तारूढ दल अगाडि बढेको उनको ठहर छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro