site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेस्तोलजस्तो देखिने लाइटर देखाएर त्रसित पारेको आरोपमा सातजना पक्राउ
Sarbottam CementSarbottam Cement

दाङ । तुलसीपुर प्रहरीले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरस्थित खाली गोठबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालकाअनुसार मादक पदार्थ (रक्सी) सेवन गरी पेस्तोलजस्तो देखिने लाइटर देखाएर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिगएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, सोही वडा निवासी १६ वर्षीय मनोज बिक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया, वडा नम्बर ६ निवासी २१ वर्षीय केतु ओली र वडा नम्बर ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् ।

त्यस्तै उनीहरूको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय