site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकै परिवारका तीनसहित आठजनाको मृत्यु, बेहुला–बेहुली घाइते
प्रतीकात्मक तस्बिर ।

दाङ । प्युठानमा जन्ती सवार जीप दुर्घटना हुँदा एकै घरका श्रीमान्, श्रीमती र छोरीसहित आठजनाको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–६, लिवाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

सोही ठाउँका २९ वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय जीपका चालक बलबहादुर बुढामगर, ३२ वर्षीय खिम खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६, लुङकी १८ वर्षीया विपना जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीका अनुसार दुर्घटनामा परी बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढामगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

अध्यक्ष गिरीका अनुसार गम्भीर घाइते बेहुलीसहित तीनजनालाई बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर र साबित्राको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ६ र अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो ।

आज बिहान करिब ३ बजे नौबहिनी गाउँपालिकाको लुङ, बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो । जीप सडकदेखि करिब ३०० मिटर तल खोल्सामा खसेको छ ।

रातभरि पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro