site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी (तस्बिरहरू)

जनकपुरधाम । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म २५ प्रतिशत मतदान भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

आज बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा मतदान सुरु भएको थियो । तीनवटा बुथमा मतदान भइरहेको छ ।

मतदाता मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप कार्ड देखाएर भित्र प्रवेश गरिरहेका छन् । मतदान केन्द्रमा प्रवेश गर्नुअघि शरीरको तापक्रम परीक्षण गरिएको छ । मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली समेत खटाइएको छ ।

मधेश प्रदेशमा दुई पदका लागि चारजनाको उमेदवारी परेको छ । सत्तारूढ पाँच दलको संयुक्त उमेदवारका रूपमा निर्मला अर्याल र खालिद् सिद्दिकी छन् । अर्याल नेकपा (माओवादी केन्द्र)का हुन् भने सिद्दिकी जनता समाजवादी पार्टी (जसपा)का हुन् ।

यस्तै, सुरुमा छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि गठबन्धन गरेका छन् । यही माघ ६ गते दुवै दलका प्रदेश अध्यक्षले संयुक्त उमेदवारका रूपमा रूपा यादव र उसमान अन्सारीको नाम सार्वजनिक गरेका थिए ।

थप तस्बिर हेर्नोस्–

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro