site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेश प्रदेशमा जसपा–जनमत पार्टीबीच बढ्दो तिक्तता

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गत पुस १० गते सिरहाको औरही गाउँपालिकाबाट आन्दोलन सुरु गर्‍यो । औरहीमा केही व्यक्तिले किसानका लागि राखिएको गहुँको बिउ लुटेका थिए ।

प्रहरीले चारजनाविरुद्ध मुद्दा दर्ता गरी एकजनालाई पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित भएको थियो । त्यसयता जनमतको प्रर्दशन जारी छ ।

सोही प्रर्दशनको क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोही यादवमाथि जनमतका कार्यकर्ताहरूले अभद्र व्यवहार गरे । वडाध्यक्ष यादव जसपा निकट हुन् । उनले पनि जनमतको कार्यकर्तालाई हतियार देखाएर धम्की दिएको आरोप लागेको छ ।

त्यसको दुईदिनपछि पुस १५ गते जसपाले जनमतलाई लक्षित गर्दै खबरदारी जुलुस निकाल्यो । त्यसपछि केही समय दुवै पार्टीका गतिविधि शान्त भएपनि समाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरह्यो ।

माघ ५ गते जसपा नेतृ एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव बलिदानी दिवसमा सहभागी हुन रौतहट पुगिन् । जनमतको नेता तथा कार्यकर्ताले मन्त्रीको बाटो अवरुद्ध गरी प्रर्दशन गरे ।

"कोही गाडीको झण्डा तोड्न थाले त कोही जसपा कार्यकर्ताको मोटरसाइकल तोड्फोड गर्न थाले," त्यतिबेला मन्त्री यादवसँगै रहेको मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र रायले भने ।

उनकाअनुसार अर्को बाटो प्रयोग गरी मन्त्री यादव कार्यक्रम स्थलमा पुगिन् । जहाँ उनले जनमतप्रति संकेत गर्दै आक्रोशपूर्ण भाषण गरिन् । उनले डेढ दसक पुरानो 'राइस मिल' घटना दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । त्यो अभिव्यक्तिको चौतकर्फी आलोचना भइरहेको छ ।

तर, जसपाले उक्त भाषणको बचाउ गर्दै आएका छन् । आज (सोमबार) जनकपुरमा फेरी रौतहटमा महिला मन्त्रीमाथिको हिंसात्मक आक्रमणविरुद्धको खबरदारी जुलुस निकालिएको छ । जसपानिकट महिलासंघले आयोजना गरेको खबरदारी जुलसको छानबिन गरी दोषीमाथि कारबाही हुनु पर्ने माग गरिएको छ ।

मन्त्री यादवमाथि दुर्व्यवहार भएको जसपाको दाबी छ । जनमतका कार्यकर्ताले गैरराजनीतिक कार्य गरेको उनीहरूको भनाइ छ । जुलुसमा सहभागी जसपा नेता तथा कार्यकर्ताहरूले ‘उच्छृङ्ख गतिविधि गर्न पाइँदैन, किसानको नाममा घुसपैठ बन्द गर, सीके गुण्डा देश छोड र महिलालाई सम्मान गर' लगायतका नारा लगाएर प्रदर्शन गरे ।

अहिले दुवै दल निर्वाचनलाई लक्षित गरी आफ्नो अभ्यास गरिरहेको जानकारहरूको बुझाइ छ । सत्तारूढ अन्य दल यो बीच मौन देखिएपनि सामाजिक सञ्जालमा एक छन् भने प्रतिपक्षी दल एक कित्तामा उभिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै इसारामा जनमतले जसपालक्षित प्रर्दशन गरिरहेको सत्तापक्षका नेताहरूको टिप्पणी छ । जनमतको आन्दोलनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र एमालेको सर्मथन रहेको सत्तापक्षको बुझाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro