site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन कमजोर
SkywellSkywell

जनकपुरधाम । मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको गठबन्धन सत्तारूढ भन्दा कमजोर देखिएको छ । छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका लोसपा र एमालेले माघ ६ गते गठबन्धन गरेका थिए । गठबन्धन गरेपनि सत्तारूढ दलका उमेदवार बलियो देखिएका छन् ।

मधेशमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा २६८ पालिका प्रमुख/उपप्रमुख र १०४ प्रदेशसभा सदस्य मतदान गर्नेछन् । पालिका प्रमुख र उपप्रमुखको मतभार चार हजार ८२४ रहेको प्रदेश निर्वाचन कार्यालयकी पुष्पा यादवले जानकारी दिइन् । उनकाअनुसार सांसदको मतभार चार हजार ९२ गरी कुल मतभार ९ हजार ८१६ छ । जसमध्ये मधेश प्रदेशमा एमालेको पालिका प्रमुख र उपप्रमुख २९ तथा प्रदेश सांसद आठ जना छन् । 

KFC Island Ad
NIC Asia

एमालेसँग पालिका प्रमुख र उपप्रमुखको मतभार ५२२ तथा प्रदेश सांसदको मतभार ३८४ रहेको छ । त्यस्तै लोसपाका पालिका प्रमुख र उपप्रमुख ४२ र प्रदेश सांसद १६ जना छन् । लोसपासँग पालिका प्रमुख र उपप्रमुखको ७५६ र सांसदको ७६८ मतभार रहेको छ । दुवै दलको कुल मतभार जोड्दा २,४३० मात्रै हुन्छ । 

यता सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी)सँग पालिका प्रमुख र उपप्रमुख १९५ र प्रदेश सांसद ७९ जना छन् । सत्ता गठबन्धनसँग पालिका प्रमुख र उपप्रमुखको मतभार ३,५१० छ । साथै प्रदेश सांसदको ३,७९२ मतभार जोड्दा सत्ता गठबन्धनसँग कुल मतभार ७,३०३ हुन्छ ।

सत्तारूढ गठबन्धनबाट माओवादी निकट उर्मिला अर्याल र जनता समाजवादीनिकट खालिद सिद्दिकी उमेदवार छन् । सुरुमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उमेदवारी दिएका थिएँ । तर, लोसपासँग गठबन्धन गरेपछि एमालेले विनादेवीको उमेदवारी फिर्ता गर्न लगाएका छन् ।

अहिले लोसपाबाट रूपाकुमारी यादव र एमालेका उसमान अन्सारी प्रतिपक्षी दलको संयुक्त उमेदवार हुन् । दुवै पार्टीले एक आर्का उमेदवारलाई मतदान गर्ने सहमति भएको छ । लोसपाबाट श्याम सुन्दर सरदारको उमेदवारी कानुनअनुसार नमिलेपछि निर्वाचन कार्यालयले रद्द गरेको थियो ।

तयारी पूरा
माघ १२ गते हुने निर्वाचनको तयारी पूरा भएको छ । मतपत्रसमेत जनकपुर आइसकेको बताइएको छ । चार किसिमको मतपत्र केन्द्रीय निर्वाचन कार्यालयले पठाएको छ । बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जनकपुरस्थित महेन्द्र नारायण निधि भवनमा मतदान हुनेछन् ।

निर्वाचन कार्यालयले स्वास्थ्य सुरक्षासम्बन्धी १९ बुँदे मापदण्ड तोकेका छन् । संक्रमित मतदाताका लागि बेग्लै मतदान स्थल बनाइएको छ भने मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोलीसमेत खटाइने छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro