site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लिटमस केबलको पावर पार्टनर्स मिट सम्पन्न

काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा पावर पाटनर्स मिट आयोजना गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन पार्टनरहरुको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरेको थियो । लिट्मस केवलका ब्राण्ड एम्बेसेडर महानायक राजेश हमालले सम्मानित व्यक्तिहरुलाई सम्मान गरेका थिए । उनले लुम्बिनी विद्युत उद्योगको अवलोकन पनि गरे ।  

Dabur Nepal
NIC Asia

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले डिलरहरुको मिहिनेतबाट कम्पनीले नयाँ उचाई हासिल गरेको बताए । “यो उचाई कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ” उनले भने ।

सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत् उद्योग प्रा.लि.नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टील रिइन्फोर्स कन्डक्टर निर्माण कम्पनी हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro