अर्थ व्यवसाय
काठमाडौं । सेलवेज ग्रुपले दुई महिने 'मेड इन नेपाल' अभियान सञ्चालन गरेको छ ।
नेपाली उत्पादनलाई अझ बढी चिनाउने, प्रयोग गर्न प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादनकर्ताहरूसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले यो अभियान सुरु गरेको कम्पनीले जनाएको छ ।
माघ १ देखि सुरु भएको यो अभियान फाल्गुन ३० गते सम्म चल्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८ १७:२१
प्रतिक्रिया दिनुहोस्