site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्ड अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि मन्त्रालयकै वेबसाइटबाट गायब !

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि अर्थ मन्त्रालयको वेबसाइटबाट गायब पारिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष  सिफारिस समितिले  मन्त्रालयको  वेबसाइटमा राखेको  कार्यविधि हटाएको हो ।

समितिले कार्यविधिमा सम्बन्धित क्षेत्रको कार्यअनुभवलाई आफुखुसी व्याख्या गरेको भन्दै चौतर्फी आलोचना भएपछि समितिले  अर्थ मन्त्रालयको वेबसाटमा रहेको कार्यविधि नै  हटाएको हो । 

मन्त्रालयको वेबसाइटमा पहिलोपटक प्रकाशित कार्यविधिमा सम्बन्धित क्षेत्रको  कार्यअनुभवको लागि व्यवस्थापकीय तहको मात्रै भनेर उल्लेख गरिएको थियो ।

तर,  अध्यक्षको लागि आवेदन दिने अन्तिम दिन पुस २९ गते भए पनि पुस २८ गते समितिले  कार्यविधिमा सम्बन्धित क्षेत्रको कार्यअनुभवको व्यवस्थापकीय तहको मात्रैलाई थप व्याख्या गरेर नयाँ कार्यविधि अर्थ मन्त्रालयको वेबसाइटमा राखेको थियो । 

“व्यवस्थापकीय तहको अनुभव भन्नाले नेपाल सरकार एवम् अन्य संगठित संस्थाको  प्रथम श्रेणी वा सोभन्दा माथिको तह (पद)को कार्यानुभवलाई लिइनेछ,” कार्यविधिमा भनिएको थियो ।

यसरी अन्तिम समयमा आएर सिफारिस समितिले  बोर्डको  अध्यक्ष  नियुक्ती प्रक्रियामा चलखेल गर्न खोजेको भन्दै चौतर्फी आलोचना भएको थियो । हाल मन्त्रालयको वेबसाइटमा अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि छैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro