site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
त्रिशूली अस्पतालमा तोडफोड : आकस्मिकबाहेकका सेवा बन्द 
SkywellSkywell

काठमाडौं । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएपछि नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।

सुत्केरीका आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र सम्पूर्ण सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताएका छन् ।

KFC Island Ad
NIC Asia

नुवाकोटको विदूर नगरपालिका–७ की २७ वर्षीया एक महिलाको सोमबार राति नर्मल डेलिभरी भएको थियो । सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण ती महिलाको मृत्यु भएको जनाइएको छ ।

सुत्केरीको मृत्यु भएसँगै आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै राति साढे ११ बजेदेखि अस्पतालमा तोडफोड गर्न थालेका थिए । तोडफोडबाट अस्पतालको पेडियाट्रिक ओपीडी, ईसीजी रुम, सर्जरी ओपीडी र फार्मेसीलगायत कक्षमा क्षति पुगेको छ ।

डा. पाण्डेले भने उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दैै मृतकका आफन्तलाई तोडफोड भन्दा पनि उपचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेका छन् । ४० हप्ता कटेको गर्भ लिएर सुत्केरी गराउन आएकी ती महिलालाई प्रसव गराउन औषधि दिइएको थियो भने नर्मल डेलिभरीपछि उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा. पाण्डेले बताए ।

नवजात शिशुलाई भने काठमाडौं रिफर गरिएको छ । मृतक महिलाको शव आफन्तले बुझिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro