काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद” मा सहकार्य गर्ने भएको छ । त्यसका लािग आर. एन्ड. डी. इनोभेटिभ सोलुसन्स प्रा.लि.सँग बैंकले सम्झौता गरेको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघले आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना गर्न लागेको पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदशनीमै एकैसाथ “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्ध राष्ट्रिय संवाद”को आयोजना गर्न लागिएको छ ।
उक्त सहकार्यका लागि बैंककोतर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड.डी. इनोभेटिभ सोलुसन्स प्रा.लि.का तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।