site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटा सातदोबाटोसँग बराबरीमा रोकियो
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चोटका कारण लिगको बाँकी खेल गुमाएका रक्षक अर्नेस्ट टेम्पीलाई सम्झेर खेलेको संकटाले शुक्रबार सहिद स्मारक 'ए' डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १–१ को बराबरी खेलेको छ । 

यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी र मछिन्द्रसँग अंक दुरी घटाउने मौका गुमाएको छ । बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत छ । आज जितेको भए संकटाले दोस्रो स्थानको मनाङसँग अंक बराबर गर्ने थियो । तर, बराबरीपछि त्यो मौका गुमायो । मछिन्द्र १७ अंकका साथ शीर्ष स्थानमा छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मनाङले शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रले पुछारको फ्रेन्ड्सविरुद्ध खेल्नेछ । बराबरीपछि सातदोबाटो भने ९ अंकका साथ आठौँ स्थानमा यथावत छ । 

टेम्पी च्यासल युथ क्लबविरुद्धको खेलपछि घाइते भएका थिए । उनी अब तीन महिना मैदान बाहिर रहने संकटाका साहायक प्रशिक्षक राजकुमार केसीले बताए । शुक्रबार संकटाका सबै खेलाडीले टेम्पीको तीन नम्बर जर्सी लगाएका थिए । मैदानमा रहेका खेलाडी पनि भित्र टेम्प्को तीन नम्बर जर्सी लगाएका थिए । 

Royal Enfield Island Ad

सातदोबाटोले विपक्षी गोलकिपर राजाबाबु थापाले गरेको गल्तिको फाइदा उठाउँदै २३औँ मिनेटमा अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पासलाई गोलकिपर राजाबाबुले राम्रोसँग क्लियर गर्न सकेनन् । राजाबाबुले सातदोबाटो युथका दीपकराज सिंह ठकुरीलाई कटाएर क्लियर गर्न लाग्दा चिप्लिएर लडे । त्यसपछि प्रहार गरेको बल सातदोबाटोकै फरवार्ड सुशिल राईको छातीमा लागेर खाली पोस्टमा छिर्‍यो । 

३०औँ मिनेटमा सातदोबाटोका सुदीप गुरुङ आभागी बने । दीपकराजले दिएको ब्याक पासमा सुदीपले २३ यार्डबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । 

त्यसको दुई मिनेट बित्न नपाउँदै संकटाका जय गुरुङले बराबरी गोल फर्काए । ३२औँ मिनेटमा दीपेश आलेमगरको पासमा जय गुरुङले २५ यार्डबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहारलाई सातदोबाटोका गोलकिपर अबिशेक बरालले रोक्न सकेनन् । 

दोस्रो हाफमा सातदोबाटोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भयो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro