site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ का राज्यमन्त्री सवार गाडी दुर्घटना

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ । आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो ।

ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुर्घटनामा ६ जना घाइते भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनकाअनुसार गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० वर्षीय ध्रुव मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro