काठमाडौं । सरकारले प्रदान गरिरहेको मोडर्ना र फाइजर खोप किशोर–किशोरीलाई लगाउन आग्रह गरेको छ । यो खोप लगाउने समूहमा किशोर–किशोरी रहेको सरकारले स्पष्ट पारेको छ ।
“हाल वितरण भइरहेको मोडर्ना र फाइजर खोप लगाउनेमा १२ देखी १७ वर्ष उमेर समूहमा (१२ वर्ष लागेका र १८ वर्ष मुनिका (१७ वर्ष ११ महिना २९ दिन पुगेका) बालबालिकाहरु पर्छन्,” स्वास्थ्य मन्त्रालयले भनेको छ । यी खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई किशोर–किशोरीलाई खोप लगाउन प्रेरित गर्न पनि सरकारले आग्रह गरेको छ ।
सरकारले १८ वर्षभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको अन्य खोप व्यवस्था गरिएको पनि पनाएको छ । खोप नलगाएका सबैले आफ्नो नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोहोर्याएको छ ।
सरकारले निजी अस्पताहरुबाट पनि खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । खोप कार्यक्रम निःशुल्क सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।