अर्थ व्यवसाय
काठमाडौं । डाबर नेपालले वीर अस्पताललाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण सहयोग गरेको छ ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र अस्पताललाई समग्र चिकित्सा सुविधाहरू सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि २५ लाख बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको जनाइएको छ ।
डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राना र व्यापार प्रमुख एचएस बेदीले अस्पतालका निर्देशक प्रा. डा. भूपेन्द्रकुमार बस्नेतलाई चेक हस्तान्तरण गरेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ १२:२७
प्रतिक्रिया दिनुहोस्