site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ होला त कांग्रेस ?

केन्द्रीय समितिमा निर्वाचित अनुहार हेर्दा त कांग्रेस नयाँ भएकाे छ भने हुन्छ । परन्तु, पार्टी अनुहारका कारण नयाँ हुने त हाेइन नि ! विचारमा कांग्रेस नयाँ सायद हुँदैन र आवश्यक पनि नहाेला । तर, व्यवहार र कार्यशैली नेताहरूकाे आचरणमा परिवर्तन होला त?  

अर्काे पार्टीबाट आएकाहरू मात्र हैन पार्टी फुटाएर गएकाहरूलाई सजिलै स्वीकार गरेर नेतृत्व दिने संस्कार पनि यही पार्टीमा मात्र देखियो । प्रतिबन्धित छँदा विश्वबन्धु थापालाई समेत नसहनेहरूले नै अहिले यति ‘उदारता’ देखाए ।

‘आगामी स्थानीय तह र संसदीय चुनाव जिताउन प्रधानमन्त्री आफैँ हुनुपर्छ र पार्टी सभापतिमा हारेमा प्रधानमन्त्रीबाट पनि हटाउँछन्’ - शेरबहादुर देउवाले सभापति निर्वाचनमा दिएका मुख्य दलिल यही हाे । 

Prabhu Bank
Agni Group
NIC Asia

विडम्बना, अहिलेसम्म शेरबहादुर देउवा जतिपटक प्रधानमन्त्री भए सधैँ नै सत्ता अरूलाई नै बुझाएर बिदा भएका छन् । तैपनि, कांग्रेसहरूले आउँदाे चुनावमा देउवाले जिताइदेलान् भनेर सभापति जिताएका छन् ।  

चुनाव हारे पनि पार्टीकाे सभापति त भइरहिन्छ । नैतिकताकाे कोटा त सायद मिनेन्द्र रिजालले नै सकिदिए । यसैले चिन्ताकाे कुरा भएन ! तर, पार्टीमा पाएकाे सफलता निर्वाचनहरूमा देखिन नसके परिवर्तनकाे अपेक्षा गर्नेहरू पक्कै निराश हुनेछन् । 

Global Ime bank

कता सत्तामा बसेर चुनाव लड्न पाए जितिन्छ भन्दै जसरी पनि निर्वाचनका बेला सत्तामा पुग्ने वा टिक्ने मानसिकता र कता आदर्शका गफ ! नेपाली कांग्रेसकाे समूह जुन भए पनि मानसिकता खासै फरक देखिँदैन ।

पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी मिलेर केन्द्रीय समितिकाे अधिकार प्रयोग गर्ने गरिएकाे छ । बाहिरबाट हेर्दा त्याे सही पनि लाग्न सक्छ । परन्तु, यो अभ्यास विधानसम्मत भने हैन / त्यस अभ्यासले अब निरन्तरता पाउँछ कि केन्द्रीय समिति सक्रिय बनाइन्छ ? 

खुला केन्द्रीय सदस्य जित्ने गणेश लामा वा जिपछिरिङ लामाकाे मनाेबल त झन् बलियो भयो होला । डा. गोपाल दहित र गणेश लामा दुवैजना एउटै पार्टीबाट कांग्रेसमा आएका हुन् । दुवै जनाले केन्द्रीय सदस्यमा जिते । उनीहरू देउवा समूहबाट प्रतिस्पर्धामा थिए ।

सभापति देउवाकाे आशीर्वाद कांग्रेसमा सबैतिर निकै उपयाेगी भएकाे देखियाे । तर, सभापतिजस्तै प्रभावकारी पद महामन्त्रीमा भने देउवा समूहका उमेदवार हारे । भित्री खेलकाे पोल बिस्तारै खुल्ला । तर, कांग्रेस कार्यकर्ताभन्दा पनि बाहिर गगन थापा र विश्वप्रकाश शर्माप्रति अपेक्षा बढी नै गरेकाे देखियो ।  जनतामा प्रभाव देखिन राज्य सञ्चालनमा सार्थक हस्तक्षेप गर्न सक्नुपर्छ ।

स्थानीय महाधिवेशनमा गगन र विश्वप्रकाश बेग्लाबेग्लै समूहकाे प्रतिनिधित्व गर्दै सक्रिय थिए । तिनलाई स्थानीय तहकाे निर्वाचनमा साझा उमेदवार बनाउन सकस हुनेछ । उनीहरूले उमेदवार चयनमा हस्तक्षेप गर्न नसके कांग्रेसका उमेदवारका रूपमा देउवाका आशीर्वादवाला नै दोहोरिने छन् । लोकेश ढकाल हार्ने र गणेश लामा जित्ने ! आशीर्वादकाे कमाल न हो । 
 

स्थानीय तहदेखि नै राजनीति सफा छैन । नैतिकता हराएकाे छ । डन र ठेकेदार अझ यी दुवैकाे ‘टु इन वान’ पार्टीहरूमा बढी प्रभावशाली हुन्छन् । तिनलाई रोक्न खोजे पार्टी छाड्छन् । नराेके जनताले छाड्छन् । देउवामा चमत्कारी परिवर्तन नभए उनी र उनका भित्रियाहरू ‘जसरी पनि चुनाव जित्ने’ रणनीतिमा जे पनि गर्न तयार हुने नै छन् । 

कांग्रेसबाट सांसद बनाइएका ठेकेदारहरू संसदीय समितिमा स्वार्थ बाझिने विषयमा हस्तक्षेप गर्ने गर्छन् । पार्टीका सचेतकले तिनलाई सचेत गराएकाे समाचार कहिल्यै आएकाे छैन । के महामन्त्रीहरूले यस्ता गम्भीर नैतिकता जोडिएका विषयमा सार्थक हस्तक्षेप गर्न सक्लान्? यो एउटा देखिने दृष्टन्त हुनेछ । 

यिनले लोकप्रिय मत पाएका छन् । त्यसैले यिनलाई अगाडि बढ्न दिनिपर्छ भन्ने सोच कांग्रेसका नेतामा छैन । लोकप्रिय मतले यिनमा घमण्ड बढाउन पनि सक्छ ।

सबैभन्दा पहिले यी महामन्त्रीलाई फुटाएर एक अर्काविरुद्ध जुधाउने प्रयास हुनेछ तल र माथि दुवैतिरबाट । त्यसपछि एक जनालाई सम्भवतः देउवा समूहले बढी विश्वास गरेकाे देखाइनेछ । काठमाडौ‌का सम्भ्रान्तहरूलाई जो रुचिकर हुन्छ उसैलाई । 

गाउँले र गरिबले परिवर्तनकाे स्वादै चाख्न नपाउनुकाे मूल कारण सत्तामा जाेसुकै पुगे पनि शासन अभिजात्य वर्गले नै गरिरहेर हो । परिवर्तनका अगुवाहरूले  पनि आफूलाई तिनीहरूजस्तै बनाउन खाेजेर हाे ।

नवधनाड्यहरूकाे लगन गाँठो त्यसो त कांग्रेसका सबै नेतासँग जोडिएकाे छ । तर, सत्ता र वर्गीय चरित्रसमेतका कारण कांग्रेसभित्र देउवा नै उनीहरूका निम्ति ग्राह्य हुनेछन् । यसैले डा. शेखर काेइरालाले जति नै ‘धनबली, बाहुबलीकाे नचल्ने’ घोषणा गरे पनि कांग्रेसमा चल्ने  तिनैकाे हो । गणेश लामाकाे मतले गर्ने संकेत पनि त्यही हो ।    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !