site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महारानीथानमा सडक बिस्तार र कालोपत्रे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । 

साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसीसी नाली बनाएर एक हजार दुई सय बर्गमिटर कालोपत्रे गरिएको उनले बताए ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

जोखिमयुक्त दुई स्थापनमा मेसिनरी पर्खाल निर्माण भएको छ । नगरपालिकाको ३० र सडक बोर्डको ७० प्रतिशत लागत साझेदारीमा योजना निर्माण गर्न सोमरस निर्माण सेवा खबराले गत बैशाख महिनामा रु तीस लाख ७१ हजारमा ठेक्का सम्झौता गरेको थियो । 

कूल रु ४७ लाख ५९ हजार ६१७ मा लागत अनुमान गरिएको थियो । दुई महिनाको म्याद भएको आयोजना कोरोनाको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञाका कारण म्याद थपिएको थियो । एक हप्ता अघिनै सम्झौता अनुसारको काम सकेपनि भुक्तानी नपाएको सोमरस निर्माण कम्पनीका सञ्चालक प्रबिन सापकोटाले जानकारी दिए ।

Royal Enfield Island Ad

बोर्डले बजेट पठाउन ढिलाई गर्दा भुक्तानीमा समस्या भएको हो । यो सडक  नगरपालिकाको ६, ५, ९, १०, रघुगंगाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने बेनी–पाखापानी सडकको प्रवेश बिन्दुमा पर्छ । विसं २०७३ मा गरिएको कालोपत्रे बाढी र पहिरोले उक्किएर जिर्ण बनेपछि दोस्रो पटक कालोपत्रे भएको हो । 

यसैबीच महारानीथान र कुरिलाखर्कको बाढी ब्यवस्थापन तथा पहिरो नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेट कार्यान्वयनका लागि रु ५५ लाख ८७ हजार सत्तरी रुपैयाँ लागत अनुमानको ठेक्का प्रस्ताव आह्वान  भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro