site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसकाे मतादेश : यथास्थिति कि परिवर्तनका पक्षमा ?

नेपाली कांग्रेसकाे चौधौं महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि मत मागेर निर्वाचित भएका महाधिवेशन प्रतिनिधिहरूकाे एउटा समूहले मतदातालाई धाेका दियो । 

सभापति शेरबहादुर देउवाकाे विरोध गरेर मत माग्ने प्रकाशमान सिंह, विमलेन्द्र निधि र तिनका समर्थकहरूले मतदाताकाे विश्वासमा कुठाराघात गरे । डा. शेखर कोइरालालाई कांग्रेसका सबै महारथी मिलेर ‘अभिमन्यु’ बनाइछाडे । 

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि परिवर्तनका पक्षमा रहेछन् भन्न देउवाकाे जितले नदिने र यथास्थितिवादी मान्न थापाकाे मतले नदिने । जेहाेस्, परिवर्तन र पुस्तान्तरणको कुरा गर्न त बाँकी  चार वर्ष छँदैछ । भोलिदेखि त प्रकाशमान, विमलेन्द्रहरूले पनि सुरु गर्लान् ।  

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीकाे तल्लो तहका कार्यकर्ता नेतृत्व परिवर्तनका पक्षमा रहेछन् भन्ने त महामन्त्रीमा देउवा पक्षका दुवै उमेदवारकाे हारले पनि पुष्टि गरेकाे छ । सभापति देउवाकाे कार्य शैली र प्रवृत्तिकाे सबैभन्दा मुखर विरोधी गगन थापाले अत्यधिक मत पाउनुले पनि देउवाकाे विजय प्राविधिकमात्र सिद्ध भयो । 

महामन्त्रीकाे मत परिणामले देउवालाई नैतिक सङ्कटमा पारेकाे छ । यद्यपि, व्यवहारवादी नेता देउवाले नैतिकतालाई भाउ दिएकाे देखिएकाे छैन । अहिले पनि दिँदैनन् होला । अहिलेकाे कांग्रेसमा नैतिकताकाे खासै महत्त्व पनि रहेनछ ।   

Global Ime bank

देउवाले पराेक्षरूपमा रामचन्द्र पौडेल एवं शशाङ्कको सहयोग पाए । तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का नेताहरू विमलेन्द्र र प्रकाशमान एकै ठाउँमा भए । नेपाली कांग्रेसका नेता भने तितरबितर । 

सुशील कोइराला बितेपछि नेपाली कांग्रेसकाे वास्तविक संस्थापन पनि ‘टुहुरो’ भइसकेकै थियो । समूहका नेता बन्न पुगेका रामचन्द्र पौडेल आत्मकेन्द्रित रहे । यसबीच देउवासँग भागबन्डामै उनकाे बढी ध्यान गयो । यसैले शेखर स्थापित नहुँदासम्म यो समूह नेताविहीन रह्यो । शशाङ्क त झन् त्यसै हराए । 

शेखर कोइरालाले अझै ‘पावर सेयरिङ’काे स्वाद पाइसकेका छैनन् । ‘भाग खोज्न नलाग्ने’ भनेर शेखरले आफू ‘रामचन्द्र पौडेल २.०’ नहुने सङ्केत पनि गरेका छन् । तर, हावासँगै बग्न तयार नभए शेखर अप्ठेरोमा पर्न सक्नेछन् । 

काठमाडौंका सम्भ्रान्तहरूले शेखरलाई बिटुल्याउने प्रयास गर्नेछन् । बिटुलिन नमाने सिध्याउने षड्यन्त्र सुरु हुनेछ । प्रतिनिधि सभाकाे चुनावमा उनलाई आफ्नैफे हराएका हुन् ।
 
हुनत, डा. शेखर कोइराला रामचन्द्र पौडेल होइनन् । सजिलै फकिने वा पन्छने छैनन् । उनकै शब्दमा ‘बेथितिविरुद्ध आवाज उठाइरहने’ कृतसङ्कल्प छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !