अर्थ व्यवसाय
काठमाडौं । महजोडीको रुपमा चिनिने कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि.का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ ११:००
प्रतिक्रिया दिनुहोस्