site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेमा ७९ अंकको गिरावट हुँदा २२०० को विन्दुमा झर्‍यो
SkywellSkywell

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट भएको छ ।

आइतबार ८७ अंकको उच्च गिरावट भएको नेप्सेमा सोमबार पनि ७९.२३ अंकको उच्च गिरावट हुँदा नेप्से २२८२ अंकको विन्दुमा बन्द भएको छ ।

Dabur Nepal
NIC Asia

आइतबार ८७ अंकको गिरावट भएको नेप्सेमा आज पनि उच्च अंकको गिरावट भएको छ । विशेष गरेर शनिबार सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई 'साम्राज्यवादको विकसित रूप' भएको टिपप्णी गर्दा लगानीकर्ताको मनोबल घटेको र नेप्सेमा उच्च गिरावट भयको टिप्पणी भइरहेको छ ।

बजार परिसूचकसँगै सबै उपसूचक राताम्यै भएका छन् । वित्त कम्पनी उपसूचकमा ६.५१ प्रतिशतको गिरावट हुँदा निर्जीवन बिमा र विकास बैंक उपसूचकमा ५ प्रतिशत तथा लघुवित्त, हाइड्रोपावर र व्यापार उपसूचकमा ४ प्रतिशतमाथिको गिरावगट हुँदा बैंकिङ उपसूचक पनि २.०९ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कुल १८९ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रहँदा  गोर्खाज फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.४७ प्रतितले बढेको छ । यस्तै, बोटलर्स नेपाल तराई, युनिलिभर नेपाल, माउन्टेन इनर्जी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य बढेको छ ।

आज नेप्सेमा नबिल बैंकको सर्वाधिक १८ करोडको कारोबार हुँदा नेसनल हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १२ करोडको कारोबार भएको छ । आज दिनभरमा नेप्सेमा ९६ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९९ करोड ५६ लाखको सेयर किनबेच भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro