site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रामचन्द्र पौडेलको भावुक प्रस्ताव– तपाईंहरु नमिल्ने भए म कांग्रेसबाट बिदा हुन्छु 

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका चार आकांक्षी नमिल्ने अवस्था भए आफू पार्टीबाटै बिदा हुन सक्ने बताएका छन् ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेको नेता डा. रामशरण महतले जानकारी दिए ।

“सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,” नेता महतले पत्रकारसँग कुरा गर्दै भने, “अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ आफ्नो अडानमा हुनुहुन्छ ।” 

पौडेलले भने केही प्रतिक्रिया दिएका छैनन् ।

महतका अनुसार पौडेलले एउटै उमेदवार बन्ने भए आफू त्याग गर्न तयार रहेको तर कसैले पनि अडान नछाड्ने हो भने आफूसँग दुईवटा विकल्प रहेको बताएका थिए ।

एउटा सबैसँग उमेदवार हुने, अर्को पार्टीबाट बिदा लिएर घरमा बस्ने । उनले संस्थापनइतर समूहबाट एकजनामात्रै उमेदवार बन्नुपर्ने बताएका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro