site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूपेन्द्रको हत्याअघि नवीन रावलको ‘हत्या योजना’ बनेको थियो !

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणको अनुसन्धानमा नयाँ तथ्य फेला परेको छ । प्रहरी अनुसन्धानका क्रममा भुपेन्द्रको हत्या भएकै दिन नवीन रावलको हत्या योजना बनेको प्रहरी अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी गराएका छन् ।

नवीन भुपेन्द्र हत्या आरोपमा फरार छन् । प्रहरीले नवीनकै योजनामा भुपेन्द्रको हत्या भएको बताउँदै आएको छ । गत कात्तिक २३ गते साँझ भुपेन्द्रको टीकापुरमा हत्या भएको थियो । उनीमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

फुटबल मैदानमा सँगै थिए मृतक नवीन र भुपेन्द्र

कात्तिक २३ गते कैलालीको लम्कीमा रहेको मैदानमा थिए नवीन रावल र भुपेन्द्र बडुवाल । नवीनसँग उनको ‘ग्याङ’का अन्य सदस्य पनि लम्कीकै मैदानमा भइरहेको फुटबल हेरिरहेका थिए ।

बाह्रखरीलाई प्राप्त जानकारीअनुसार भुपेन्द्रले त्यहाँबाट नवीनका गतिविधिबारे कपिल श्रेष्ठलाई जानकारी दिइरहेका थिए । सो क्रममा कपिलले भुपेन्द्रलाई २६ पटक र भुपेन्द्रले कपिललाई चारपटक फोन गरेको देखिएको छ ।

गुण्डागर्दीमा सक्रिय कपिलले भुपेन्द्रमार्फत् नवीन रावल र उनको समूह फुटबल मैदानबाट कहाँ जान्छन् ? के गर्छन् भन्ने कुराको जानकारी लिइरहेका थिए । प्रहरी अधिकारी भन्छन्, “कपिलले भुपेन्द्रमार्फत् नवीनको सूचना लिइरहेका थिए । तर नवीन फुटबल मैदानबाट कहाँ गए अरुले जानकारी पाएनन् ।”

कपिललगायतलाई नवीन रावल टीकापुर जाने सूचना थियो । सोही सूचनाको आधारमा उनीहरु कैलालीको डुडेझारी जंगलमा खुँडालगायतका धारिलो हतियार लिएर बाटोमा पर्खिएर बसेको अनुसन्धानमा खुलेको छ ।

कपिलको भनाई उद्धृत गर्दै एक अधिकारी भन्छन्, “हाम्रो समूहले नवीनलाई मार्ने योजना बनाएको थियो । तर योजनाअनुसार फुटबल मैदानबाट नवीन कतिबेला निस्किए सूचना पाउन सकिएन ।”

डुडेझारीको जंगलको बाटो हुँदै नवीन नभएर मदन शाही (प्रहरी इन्सपेक्टर)का भाई जान लागेको अवस्थामा उनी कपिल श्रेष्ठको ग्याङको फेला परे । 

मोटरसाइकलमा रहेका मदनले हतियारसहित देखेपछि उनी मोटरसाइकल कुदाएर त्यहाँबाट उम्किन सफल भए ।

जयन्द्र शाहको समूहले नवीनलगायतको समूहलाई खोजी रहेको थियो । मृतक भुपेन्द्र र जयन्द्रको समेत राम्रो सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मदन उम्किन सफल भएपछि प्रहरीले डुडेझारीमा रहेको कपिलको समूहका केही सदस्यलाई नियन्त्रणमासमेत लिएको थियो । सोही क्रममा त्यहाँबाट कपिल उम्किन सफल भए । उनी टीकापुरमा बारीमा लुकेका थिए ।

कपिलहरुको पञ्जाबाट उम्किएका मदन र भुपेन्द्रको भेट टीकापुरस्थित रोड साइड क्याफेमा भएको देखिएको छ । त्यहाँ नवीनको समूहले कपिल समूहको खोजी गर्ने र जसलाई देख्यो त्यसलाई सिध्याउने योजना बनाएको पाइएको छ ।

दुवै समूह एक अर्कालाई खोज्न सक्रिय भए । प्रहरीको हातबाट उम्किएका कपिलले फेरि साँझ आफूलाई लिन जसरी पनि आउन भनेको पाइएको छ । सोही क्रममा भूपेन्द्र नवीन समूहको फेला परे । भूपेन्द्रसँगै रहेका अर्का साथी भाग्न सफल भए । आर्यन देवकोटाले भुपेन्द्रमाथि चक्कु प्रहार गरे । उनको मृत्यु भयो ।

प्रहरीले आर्यनलाई नै मुख्य अभियुक्त बनाएको छ । केहीदिनमै पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

नवीन रावल फरार छन् । उनीविरुद्ध प्रहरीले विभिन्न अपराधमा संलग्न भएका उजुरी पनि रहेको जनाएको छ ।

कपिल केही दिनअघि मात्रै काठमाडौंबाट कैलाली गएका थिए । तर उनी गएकै दिनदेखि घर नगएर टीकापुरकै एक होटलमा बसेका थिए । त्यहाँबाट उनले नवीन र उनको समूहमाथि आक्रमणको योजना बनाएको र त्यसका लागि उनले भूपेन्द्रलाई प्रयोग गरेको खुलेको छ ।

प्रहरीका अनुसार घटनामा दुई गुण्डा समूहको पुरानो ‘दुस्मनी’ नै रहेको पाइएको छ । आफ्नो प्रभुत्व जमाउन टीकापुर लम्की क्षेत्रमा ५ बढी गुण्डा समूह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गुण्डाहरुलाई विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले समेत संरक्षण गरेको संकेत पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । 

एक अधिकारी भन्छन्,“विगतमा भुपेन्द्र पनि कहीँ न कहीँ गुण्डा समूहसँग जोडिएका देखिन्छन् । त्यसैले कपिलले उनलाई प्रयोग गरेका हुन् । तर खासमा दुई गुण्डा समूहको मोहरा उनी बने ।”

काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा थिए ।

घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको विशेष टोली सक्रिय छ ।
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro