site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चार लेन सडक निर्माण सम्पन्न हुनेबेला शुभारम्भ
Sarbottam CementSarbottam Cement

दाङ । दाघोराही–तुलसीपुर चारलेन सडकखण्डको कटुवाखोला पुल छेउ एउटा टेण्ट टाँगिएको थियो । टेन्टमुनिको मञ्चमा चारलेन सडक परियोजनाको दोस्रो संस्करण सुरु भयो, अर्थात चारलेन सडकको शुभारम्भको व्यानरमुनि बसेर बल्ल प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बैका प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डेले पानसमा बत्ती बालेर चारलेन सडक निर्माणको शुभारम्भ गरे ।

निर्माण कम्पनीले नेपाल सरकारसँग गरेको पहिलो सम्झौता समाप्त भैसकेपछि बल्ल निर्माण शुभारम्भको व्यानर राखिएकोमा सञ्चारकर्मीहरुको कौतुहलता थियो । किन बल्ल शुभारम्भको व्यानर भन्दै सञ्चारकर्मीहरु उत्सुकतापूर्वक आश्चर्य व्यक्त गरिरहेका थिए । सन् २०१९ मे महिनामा निर्माण सम्झौता भएको चारलेन सडक निर्माणको काम सन् २०२१ मे अन्तमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण कम्पनीको स्थानीय प्रतिनिधिको चरम लापरबाहीका कारण दुई पटक म्याद थप्दा पनि कार्यप्रगति निकै निराशाजनक थियो ।

दुई वर्षको अवधीमा भौतिक प्रगति जम्मा ७ प्रतिशत र आर्थिक प्रगति १४ प्रतिशत भएको थियो । तथ्य इन्जिनियरिङले स्थानीयबासी अनुप पाण्डेलाई स्थानीय प्रतिनिधि नियुक्त गरेर काम सुरु गराएको थियो । तर, चारलेन सडक स्तरोन्नतिको काममा यति धेरै नागरिक असन्तोष व्यक्त हुँदा पनि यहाँको स्थानीय प्रशासन, स्थानीय सरकार, प्रमुख राजनीतिक दलहरु, विषयगत परियोजनाको कार्यालयका अधिकारीलगायत कसैले पनि निर्माण कम्पनीप्रति औंला उठाएनन् । कोठे गफमै सीमित भयो, निर्माणप्रतिको असन्तुष्टि ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रस्तुत भएका दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिसक्नुपर्ने सडक अहिले आएर शुभारम्भ गरिनु  दुर्भाग्य भएको बताए । यद्यपि, अब निर्माण कम्पनीकै आधिकारिक व्यक्ति सम्पर्कमा आएकाले काम तोकिएको समयमै सम्पन्न हुनेमा आशा व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, “फेरि पनि ढिलासुस्ती भएको अवस्थामा कुनै पनि कानुनका बुँदा टेकेर निर्माण कम्पनीलाई कारबाही गर्नुको कुनै विकल्प रहने छैन ।” उनले परियोजना सञ्चालनमा कुनै पनि खाले अवरोध तथा अवरोध नहुने पनि प्रतिवद्धता व्यक्त गरे ।

Global Ime bank

कार्यक्रममा कांग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काले ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि निर्माण कम्पनीको प्रत्यक्ष सुपरिवेक्षण नहुनु र स्थानीय प्रतिनिधिलाई कारबाही गर्न नसक्नुमा प्रमुख राजनीतिक दल र ब्युरोक्रेसीकै कमजोरी भएको बताए । अब फेरि निर्माण कम्पनीले लाजमर्दो अवस्था सिर्जना गरेर आफ्नो गुडविलप्रति खेलवाड नगर्नेमा पनि उनले विश्वास व्यक्त गरे ।

मलाई आउनै दिइएन : प्रवन्ध निर्देशक पाण्डे
यसैबीच, कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट मुम्वैका प्रवन्ध निर्देशक प्रवीण ब्रम्हदेव पाण्डेले आफूले जिम्मा दिएको स्थानीय कम्पनीका प्रतिनिधिले नेपाल आउनै नदिएको बताएका छन् । उनले आफू नेपालका एसपी र परियोजनासँग समन्वय गरेर मुस्किलले नेपालको दाङसम्म आइपुगेर परियोजनाको सत्य–तथ्य विवरण जानकारी पाएको बताए । उनले कम्पनीबाट काममा भएको ढिलासुस्तीका विषयमा कम्पनीको तर्फबाट सार्वजनिकरुपमै क्षमायाचना गरे ।

“हाम्रो परियोजनाको कामको अवस्थाबारे हामीले खटाएका प्रनितिधिले हामीलाई कुनै पनि जानकारी दिएन, सबै ठीक छ भन्दै हामीलाई उतै अल्मल्याउन खोजे”, स्थानीय प्रतिनिधि अनुप पाण्डेलाई इंगित गर्दै प्रवन्ध निर्देशक पाण्डेले भने, “विगतमा जे भयो, त्यो अत्यन्तै गलत भयो भन्दै अब आफै काममा आएकाले यस्तो गल्ती दोहोरिने छैन ।” 

उनले अगाडि थपे, “हामी अब टाइम बार बनाएर काम गर्दैछौं, दिनरात काम गरेर ३६५ दिनभित्रै सडक निर्माणको काम सक्ने छौं ।” उनले परियोजनाभित्र रहेको २८ किमि सडकलाई दश कित्तामा विभाजन गरेर दैनिक कम्तीमा पनि १ हजार ५ सय कामदार लगाएर काम गर्ने दाबी गरे । हरेक तीन किमिको खण्डमा दुईजना सुपरभाइजर हुने र हरेक ५ किमि खण्डमा एकजना इन्जिनियर साइटमै हुने उनको भनाइ छ । 

कम्तीमा सवा अर्ब नेपाली रुपैयाँको लगानीको सो परियोजनामा भारतको एक्जिम बैंकको आर्थिक सहयोग रहेको छ । यसमा सम्पूर्ण सामग्री भारतबाट खरिद गराएको हुनुपर्ने शर्त रहेको छ । दोस्रोपटक थपिएको मिति अनुसार यो परियोजना निर्माणको काम सन् २०२२ मे महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने छ । काम सन्तोषजनक भएको अवस्थामा परियोजनामा पुनः ५÷६ महिना थप गर्न सकिने परियोजनाका प्रमुख डिई पारस हमालले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय