site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चार लेन सडक निर्माणमा ढिलासुस्ती, दुर्घटनाको जोखिम

दाङ । ०७८ साउन १ गते दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फेसबुकमा निर्माण व्यवसायी द्रोण दुलालको फोटो पोस्ट गर्दै घोराही–तुलसीपुर चार लेन पक्की सडक निर्माणको काम पुनः सुरु भएको जनाएका थिए । १८ महिनाभित्र काम सकिने उनको पोस्टमा उल्लेख थियो ।

तीन महिना बित्यो उक्त सडकमा सामान्य टालटुलबाहेक परिणाम देखिने खालको केही काम भएको छैन । बरु, निर्माण गर्न भन्दै भत्काइएको सडकले दुर्घटनाको जोखिम बढेको छ ।

कुइरेपानी–घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम ०७८ साउन १३ गते नै सकाउनुपर्ने थियो । तर, सडकको अवस्था झन्–झन् बिग्रँदै गएको छ । तुलसीपुरदेखि घोराहीसम्म मात्रै अहिले ठूला–साना करिब १९३ बढी खाल्टाखुल्टी परेका छन् । कालोपत्र उप्किएको छ । धुलो, हिलो त छँदै छ । दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

खाल्टाखुल्टीमा दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१०, राइखलियानका ३५ वर्षीय चूडामणि भण्डारी र घोराही उपमहानगरपालिका–३ का ४३ वर्षीय खुसीराम चौधरीले त ज्यानै गुमाए । घाइते, अंगभंग हुने दुर्घटना दिनहुँजसो भइरहेका छन् ।

वरपरको भाग खन्दै सडक झन् साँघुरो बनाएर छोडिएको पनि लामो समय भयो । त्यसमाथि ठाउँ–ठाउँमा डाइभर्सन हालेर सडक झनै जोखिमपूर्ण बनाइएको छ । कुनै ठाउँमा आधा बाटो ढाक्ने गरी निर्माण सामग्रीहरू थुपारिएको छ । काम रोकिएको महिनौँ भयो ।

दुर्घटनापछि पुरिन्छन् खाल्टा
घोराही–१०, सौँडिकुलाचोक आसपासको सडकमा ठूला–ठूला खाल्टाखुल्टी थिए । गएको कात्तिक २७ गते राति प्रहरीका एक अधिकारी त्यही खाल्टामा मोटरसाइकल दुर्घटनामा परे । कात्तिक २८ गते बिहानै सौँडिकुला क्षेत्रका सबै खाल्टाखुल्टी पुरियो ।

यसअघि पनि तुलसीपुरको रानीघाट खोलापूर्वको खाल्टामा परेर राइखलियानका युवकको ज्यान गएको अर्को दिन उक्त खाल्टा पुरिएको थियो । घोराही–तुलसीपुर चार लेन सडकखण्डमा सयौँ खाल्टाखुल्टी छन् । खाल्टा पुरिन कि ओहोदाकै व्यक्तिहरू दुर्घटनामा पर्नुपर्छ कि त दुर्घटनामा परेर कसैको ज्यान जानुपर्छ ।

आलटाले कुरा
चार लेन सडक आयोजनाले खाल्टा पुर्ने जिम्मेवारीबारे आलटाले कुरा गरेर टार्दै आएको छ । परियोजनाका प्रमुख पारस हमाल तुलसीपुर बजारदेखि हात्तीखोवाचोक र घोराहीको कटुवाखोलादेखि डीके पेट्रोल पम्प क्षेत्रसम्मका खाल्टा डिभिजन सडकले पुर्नुपर्ने बताउँछन् ।

त्यसबाहेक उक्त सडकखण्ड निर्माणको काम चार लेनकै भएको हमालले बताए । तर, उनले दसैँ मनाउन गएका ठेकेदार र कामदार नफर्केकाले समस्या भएको जिकिर गरे ।

“फोर लेन सडक निर्माणको जिम्मा लिएको तथ्य इन्जिनियरिङको मुख्य मान्छे छठपछि आफैँ आएर काम गर्ने भनेर जानुभएको हो । त्यसैले यति बेला काम बन्द छ,” हमालले भने, “हामीले फ्लोअप गरिरहेका छौँ । अब छिट्टै उहाँहरू आउने कुरा छ । उहाँहरू आएपछि तत्काल काम सुरु हुन्छ ।”

छलफलमै छौँ : प्रजिअ
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यसअघि के भयो थाहा नभएको तर अब चार लेन सडक निर्माणकार्य अघि बढाउन छलफल थालिएको बताए । “निर्माण व्यवसायी, स्थानीय सरोकारवाला तथा सम्बन्धित सबैसँग छलफलको प्रक्रिया अगाडि बढाएका छौँ, प्रजिअ रेग्मीले भने, “अबको एक/दुई दिनभित्र परिणाम देखिने खालको निर्णय गरेर अगाडि बढ्छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro