site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाक्सीबारी बन्दैछ कांग्रेसको अर्को शक्ति केन्द्र !

काठमाडौं । कांग्रेस संस्थापनइतरले भदौ १७ गते पार्टी मुख्य कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्‍यो । सम्मेलनमा सो समूहका नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीहरु संख्यामा देखिए पनि महाधिवेशनमा समूहले एक मात्र उमेदवार उठाउने सार्वजनिक प्रतिवद्धता व्यक्त गरे ।

त्यसबेला सभापतिका आकांक्षीहरु महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेता शेखर कोइराला पनि पत्रकार सम्मेलनमा साथै थिए । यस्तै समूहका प्रभावशाली नेताहरुको पनि दह्रो उपस्थिति थियो ।  

तर, पत्रकार सम्मेलन गरेर साभmा उमेदवार खोज्ने घोषणा भएको यति लामो समय बितिसक्दा समेत सभापतिमा आकांक्षीहरुको संख्या ४ बाट ३ मा झर्न सकेको छैन । साझा उमेदवार घोषणाले अझ सार्थक रुप पाउन सकेको छैन ।

पछिल्लो समय त नेताहरु आन्तरिक संवादहिनताको स्थितिमा पुगेका थिए । त्यो लामो समय टिक्न त सकेन । केही समयको संवादहीनता तोडिएको छ । तर सहमति गर्ने र साझा उमेदवार तय गर्न भने सकेका छैनन् ।

सो समूहबाट दुईजना नेता सभापतिका लागि अरुभन्दा बढी दौडधुपमा छन् । ती नेताहरु हुन् प्रकाशमान सिंह र डा. शेखर कोइराला ।

कोइराला १३ औँ महाधिवेशनपछि सबैभन्दा बढी जिल्ला पुग्ने र कार्यकर्ता भेट गर्ने नेताका रुपमा परिचित छन् भने अहिले सिँहको दौडधुप पनि त्यत्तिकै छ । 

महाधिवेशन नजिकिँदै गर्दा सो समूहको केन्द्र बनेको छ सिंह निवास चाक्सीबारी । 

चाक्सीबारी पुगेर समूहका नेता रामचन्द्र पौडेलसहित सभापतिका अन्य दुई आकांक्षीले लगातार सिंहसँग वार्ता गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा नेता रामचन्द्र पौडेलले अडान राख्नै नसकेको, सभापति शेरबहादुर देउवाभन्दा फरक नरहेको भन्दै नेता सिंह पौडेलसँग असन्तुष्ट छन् । उनले यसपटकको महाधिवेशनमा पौडेल या कोइरालालाई नेतृत्व छाड्न तयार देखिएका छैनन् ।

सो समूहमा भएका अन्य नेताहरुले पनि छुट्टाछुट्टै उमेदवारी दिए देउवाले सहजै नेतृत्व लिने भन्दै एउटै उमेदवार बनाउनुपर्ने तर आफ्नै नेतृत्वमा भन्ने अडान कायमै राखेका छन् ।

रामचन्द्र पौडेल, शशांक कोइराला र शेखर कोइरालाको चाक्सीबारी दौडधुपपछि फेरि चारैजना नेता एकठाउँमा उभिन थालेको चर्चा कांग्रेसको संस्थापनइतर समूहमा भइरहेको छ ।

समूहका नेता डा. रामशरण महत आम नेता र कार्यकर्ताहरुको चाहना पनि समूहबाट साझा उमेद्वारको पक्षमा भएकाले सहमति जुटाउने प्रयास भइरहेको बताउँछन् ।

बाह्रखरीसँगको कुराकानीमा उनले आफूहरु निष्कर्षमा पुगिनसकेको बताए । “सकेसम्म साझा र एक भएर लड्नुपर्छ भन्ने छ, तर उद्देश्यअनुरुप सफलता प्राप्त भइरहेको छैन, अन्तिमसम्म प्रयास जारी रहन्छ,” उनी भन्छन् । 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro