site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमा गृहमन्त्रीको हस्तक्षेप, महाधिवेशन केन्द्रित रणनीति !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा गृहमन्त्री बालकृष्ण खाणले लगातार हस्तक्षेप बढाउँदै लगेको भन्दै प्रहरीभित्रै असन्तुष्टि बढेको छ ।

प्रहरी उच्चअधिकारीअनुसार गृहमन्त्रीको यो कदम कांग्रेसको महाधिवेशन प्रभावित पार्ने रणनीतिअनुसार भएको देखिन्छ । 

कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै गृहमन्त्री खाणले प्रहरीमा हस्तक्षेप बढाएको उनीहरुको निष्कर्ष छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकको प्रमुख सुरक्षा संगठन मानिएको नेपाल प्रहरीमा पछिल्लो समय गृहमन्त्रीले गर्दै आएको हस्तक्षेपले संगठनको ‘चेन अफ कमाण्ड’ नै भत्किने खतरा बढेको छ । प्रहरीको सामान्य सरुवा बढुवामा पनि गृहमन्त्रीको दबाब बढ्दै गएको प्रहरी अधिकारीहरु गुनासो गर्दै आएका छन् ।

एक प्रहरी अधिकारीले भने,“यसअघि पनि हस्तक्षेप नहुने भन्ने होइन । तर तल्लो दर्जासम्मकै सरुवा बढुवामा पनि गृहमन्त्रीले अनावश्यक चासो राखिराख्नुभएको छ । आफूखुसी सरुवाको दबाब आइरहेको छ । यसले संगठनको व्यावसायिकतामा समस्या आएको छ । शक्तिकेन्द्रको पहुँचमा नहुनेहरु अन्यायमा पर्ने अवस्था आइसक्यो ।”

Global Ime bank

प्रहरीमा गृहमन्त्रीको मात्रै नभइ बालुवाटारको दबाब पनि बढ्दो छ । गृहमन्त्रीकै पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । उनीहरुकै बीचमा प्रहरीको सरुवा बढुवालाई लिएर विवाद भएको पाइएको छ ।

यस्तो छ प्रहरीमा गृहमन्त्रीको हस्तक्षेप शृङ्खला

मंसिर ३ गते प्रहरीका १८ जना इन्स्पेक्टरहरुको काज सरुवा भयो । काज सरुवा प्रहरीमा आफूअनुकूललाई राम्रो ‘पोष्टिङ’ दिन गरिँदै आएको छ । प्रहरी नियमावली, ०७१मा विशेष परिस्थितिबाहेकका अवस्थामा काज सरुवा गर्न मिल्दैन ।

अहिले कुनै विशेष परिस्थिति नभएको प्रहरी अधिकारीहरु बताउँछन् । 

तर अहिले काज गर्नुपर्ने अवस्था थिएन । इन्सपेक्टरहरुको नियमित सरुवाको बेला भइसकेको थियो । देशभर अधिकांश इन्स्पेक्टरले कार्यक्षेत्रमा १३–१४ महिना बिताइसकेका छन् । जबकि प्रहरीमा बढीमा एक वर्ष एक कार्यक्षेत्रमा बित्ने गर्दछ । वर्षदिन कटेपछि नियमित सरुवा हुने गरेको छ । गृहबाट गएको सूचीका आधारमा प्रहरी मुख्यालयले काज सरुवा निकालेको हो । काज सरुवामा गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीका धेरै छन् ।
 
 
५ महिनादेखि भएन लेखापालहरुको सरुवा

समय बितेको ५ महिना लाग्दा पनि प्रहरीमा लेखापालहरुको सरुवा हुन सकेको छैन । लेखापालहरुको सरुवा प्रहरी महानिरीक्षकले नै गर्न सक्छन् । लेखापालहरुमा अधिकांश सई, असई र थोरै संख्यामा इन्स्पेक्टर हुन्छन् । सामान्य अवस्थामा प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्तमा लेखापालहरुको सरुवा गर्दै आएको छ । तर यसवर्ष ५ महिना लाग्दा पनि सरुवा हुन सकेको छैन ।

प्रहरी अधिकारीहरु सरुवाबारे बोल्न मान्दैनन् । उनीहरुका अनुसार गृह मन्त्रालयले आफूलाई सोधेर मात्रै सरुवा गर्ने निर्देशनका कारण सरुवा हुन नसकेको हो । प्रहरीभित्रै पनि लेखापालको सरुवामा ठूलो आर्थिक चलखेल हुँदै आएको छ । लेखापालहरुले समेत ठूलो बजेट भएको कार्यालयमा जानका लागि प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका शक्तिकेन्द्रमा लविइङ गरेकाले सरुवामा ढिलाई भएको छ ।

नियमित सरुवामा पनि काजैकाज

पछिल्लो समय प्रहरी प्रधान कार्यालयले नियमित सरुवा निकाल्ने बेला धमाधम काज निकाल्न थालेको छ । बालुवाटार र गृहका छुट्टाछुट्टै लिष्ट सरुवाका लागि प्रहरी प्रधान कार्यालयमा पुग्ने गरेको छ ।

यहाँसम्मकी सरुवा माग्न प्रहरी प्रधान कार्यालय पुग्ने कतिपय प्रहरी अधिकृतलाई प्रहरीकै एआईजीहरुले समेत माथिबाट फोन गर्न लगाउनुसम्म भनेको पाइएको छ । उनीहरुले समेत आफूलाई शक्तिकेन्द्र निकट राख्ने सके फाइदा हुने सोचले माथिबाट फोन गर्न लगाउनु भनेका हुन् ।

कतिपयले लगातार पोष्टिङ पाइरहेका छन् भने कतिपयले ३–४ वर्ष कुर्दासमेत इन्जार्च पाउन सकेका छैनन् । संगठनमाथिको हस्तक्षेपले इमान्दार प्रहरीमा निरासा छाउने उच्च अधिकारीहरु बताउँछन् ।

आर्थिक चलखेलको आशंका

प्रहरीको नियमित हुनुपर्ने सरुवा नहुने तर धमाधम काज निकालिनुले आर्थिक चलखेल भएको आशंकासमेत प्रहरी प्रधान कार्यालयभित्रै गर्न थालिएको एक अधिकारी बताउँछन् ।

त्यसो त प्रहरी संगठनभित्रै राम्रो पोष्टिङ पाउन ‘पैसा खर्च नगरि हुँदैन’ भन्ने चलन पुरानै हो । 

बेलाबेला प्रहरीभित्रै यसबारे चर्चा पनि चल्दै आएको छ । आकर्षक पोष्टिङका लागि अधिकांश प्रहरी अधिकृत शक्तिकेन्द्र धाउने गरेका छन् । प्रहरीमा सीमा नाका, औद्योगिक क्षेत्र भएका जिल्ला, बढी मुद्दा चल्ने युनिट, राजमार्ग क्षेत्रमा पर्ने इलाका, वडा आकर्षक मानिन्छन् । त्यहाँ जान पाए राम्रै कमाइ हुने प्रहरीकै अधिकारीहरु स्वीकार गर्छन् ।

पछिल्लो समय सरुवा बढुवामा विलम्ब हुनुको अर्को कारण कांग्रेस महाधिवेशन पनि रहेको प्रहरी उच्च अधिकारीहरुको निष्कर्ष छ । गृहमन्त्री खाणले प्रहरीको सरुवाको असर महाधिवेशनमा देखिन सक्ने भन्दै आफूअनुकूलबाहेक अरुको सरुवा गर्न नमानेको बताइन्छ ।

जानकारहरु भन्छन्,“देशभरबाट गृह मन्त्रीलाई सरुवाका लागि नेता–कार्यकर्ताले आग्रह गर्छन् । सरुवा हुनेहरुको कनेक्सन कोसँग नजिक छ थाहा हुँदैन । महाधिवेशनमा प्रहरीको भूमिका ठूलो हुन्छ । नेताहरुले आफूअनुकूल प्रहरी प्रयोग गर्न खोज्छन् । त्यसैले पनि गृह मन्त्रीले छानी छानी आफू निकटकालाई मात्रै पठाइरहेका छन् ।”
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC