काठमाडौं । सर्वोच्च अदालत बारका पूर्वसचिव सुरेन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय सुधारका लागि हरिकृष्ण कार्कीको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि सुरु गरेको चौथो चरणको आन्दोलन कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले प्रतिवेदन कार्यान्वयन गर्छु भनेर प्रतिबद्धताबाट पछि हटेको बताए ।
“बारबाट माग हुँदै आएको न्यायालय सुधारको अभियानमा अन्त्यमा प्रतिवेदन कार्यान्वयन गर्न सक्दिनँ भनेर पछि हट्नुभयो । न्यायालय सुधारको बाधक बनेर न्यायालयमा भ्रष्टाचार कायम राख्ने वर्तमान प्रधानन्यायाधीशले तत्काल कुर्सी छोड्नुपर्छ र न्यायालय सुधारको अभियानमा मार्गप्रशस्त गर्नुपर्छ,” उनले भने ।
पूर्वसचिव थापाले प्रधानन्यायाधीशका कारण अदालत ‘सेटिङ’मा चलिरहेको आरोप पनि लगाए ।