![संकटा र हिमालयन शेर्पाले खेले बराबरी](https://12khari.top/uploads/posts/257734703_886751918647345_8736699478662450289_n1637400639.jpg)
काठमाडौं । हिमालयन शेर्पा र संकटा क्लबले शनिबार सहिद स्मारक ‘ए’ लिग फुटबलमा १–१ को बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवैले टोलीले गोलका लागि राम्रो अवसर सिर्जना गर्न सकेनन् । संकटाले ६०औँ मिनेटमा लक्ष्मण रुचालको गोलबाट अग्रता लिएको थियो ।
सुवास गुरुङले दायाँ भागबाट गरेको क्रस बल हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले समातेका थिए । तर, ल्यान्डिङ गर्ने क्रममा बलमाथिको नियन्त्रण गुमाए । त्यही बललाई लक्ष्मणले पोस्टको दिशा दिएका हुन् । यससँगै लक्ष्मण जारी सिजनमा गोल गर्ने पहिलो खेलाडी बने ।
उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेलेका थिए ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
१-० ले पछि परेको चार मिनेट बित्न नपाउँदै हिमालयन शेर्पाले बराबरी गोल फर्कायो । ६४औँ मिनेटमा ‘राइट ब्याक’ जीवन गुरुङको क्रसलाई त्रिदेव गुरुङले हेडमार्फत गोल गरेका हुन् ।