site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : साइकल खरिदमा 'अनियमितता देखियो'
SkywellSkywell

जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखिएको बताएका छन् । सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउन पुगेका उनले पहिलो चरणको अनुसन्धानमा अनियमितता देखिएको बताएका हुन् ।

'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा परेको उजुरीका आधारमा गएको असोज १३ गते अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मरेको थियो । 

Dabur Nepal
NIC Asia

"साइकल खरिद प्रकरणको पहिलो चरणको अनुसन्धान सकिएको छ । दोस्रो चरणको विस्तृत अनुसन्धान सुरु भएको छ," उनले भने, "त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत पनि नियुक्ति भएको छ । दुई महिनापछि अनुसन्धान पूरा हुन्छ । अहिलेसम्मको अनुसन्धानले अनियमितता भएको देखिएको छ ।"

अनुसन्धान पूरा भएपछि अनियमितता भएको पाइएमा उक्त कार्यक्रममा संलग्नमाथि मुद्दा दायर हुने उनको भनाइ छ । साइकल खरिदमा संलग्न अधिकारीहरूलाई छुट्टाछुट्टै बोलाएर बयान लिने गरेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro